एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७:
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाको सातौँ जिल्ला अधिवेशनबाट रामचन्द्र यादव तेस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
शनिबार जनकपुरधाममा सम्पन्न अधिवेशनले यादवलाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो। यादव यसअघि दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए।
अधिवेशनबाट जिल्ला नेतृत्वसँगै अन्य पदाधिकारी तथा सदस्यसमेत चयन गरिएको छ। साथै, पार्टीको आगामी गतिविधि, संगठन विस्तार तथा सुदृढीकरणका विषयमा छलफल गरिएको राप्रपा धनुषाले जनाएको छ।





