एसपी रिपोर्टर

जनकपुरधाम, माघ २१ : नेपाली सेना सहित चारवटै सुरक्षा निकायहरु धनुषामा आगामी निर्वाचन लक्षित गतिविधि र सुरक्षा सतर्कतामाथि सक्रियता देखाउन थालेका छन् । नेपाली सेना धनुषाको कमाण्ड हेर्ने महेन्द्रनगर स्थित बिष्णुदल गणको अगुवाई र आयोजनामा मंगलवार गणमै नमुना मतदानको आयोजना गरि सुरक्षा संवेदनशिलताका विभिन्न उदाहरण समेत प्रस्तुत गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी, जिल्लाका मुख्य निर्वाचन अधिकृत, चारवटै निर्वाचन अधिकृत, चारवटै सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा भएको नमुना मतदान र सुरक्षा अभ्यास (अभ्यास संयुक्त सुरक्षा २०८२) सफलता पुर्वक सम्पन्न भएको बिष्णुदल गण महेन्द्रनगरका गणपति प्रमुख सेनानी खिलेन्द्र राज अमागाईले बताएका छन् ।

उनले लोकतन्त्रको सबै भन्दा सुन्दर प्रक्रिया निर्वाचनलाई धनुषामा पनि सुरक्षित मर्यादित बनाउन नेपाली सेना प्रतिवद्व रहेको र सबै संग सहकार्य तथा समन्वयका लागि तत्पर रहेको बताए ।