एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : नेपाली कांग्रेसको जनकपुरधाम नगर सभापति समेत रहेका मेयर मनोज कुमार साहले यसपछि हुने प्रतिनिधिसभाको निर्वाचनमा धनुषा ३ बाट आफू उम्मेदवार बन्ने बताएका छन् ।
शनिबार जनकपुरधाम जेसिजको सपथ ग्रहण समारोहका प्रमुख अतिथि रहेका उनले बोल्दै भने, ‘मेरो राजनीति बारे भ्रम छ, अब राजनीति गर्दैन भनेर, म मेयरमा पो नलड्दिनँ त, अबको प्रतिनिधिसभाको उम्मेदवार मै हुँ यहाँको ।’
आफूले अब मेयरमा नलड्ने भनेको कुरालाई अनाहक बनाएर राजनीति नै गर्दिनँ भन्ने आशयमा प्रचार प्रसार गरिएको उनको धारणा थियो । मेयर साहले आफू गगन थापाको टिमको नेतामा दाबी गर्न थालेका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनमा नेपाली कांग्रेसका धनुषाका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु र धनुषा ३ का उम्मेदवार विमलेन्द्र निधीको विकल्प नरहेको पनि उनले एसपी खबरलाई बताए ।





