एसपी रिपोर्टर
जनकपुरधाम, पुष १६ :
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जनकपुरधाम स्थित रौनियार सेवा समिति र रौनियार युवा मञ्चको सहयोगी भावनाको सराहना गरेका छन् । अत्याधिक जाडो र सितलहरबाट प्रभावित दिनदुःखीहरुलाई न्यायो राहतका लागि समिति र मञ्चले ५० वटा स्तरीय सिरक सहयोग गरेपछि प्रजिअ अधिकारी दुवै संस्थाको प्रशंसा गर्दै समितिको अवलोकन पनि गरेका हुन ।

मञ्चले गरेको ५० वटा सिरक सहयोग मध्ये मंगलवार अवेर राती सम्म जनकपुरधामको जानकी मन्दिर, गंगासागर, रेल्वे स्टेशन सहितको क्षेत्रमा आकाशमुनि सुतिरहेका करिव २५ जनालाई सो सिरक ओढाएका प्रजिअ लुटईटेल, मधेश प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र धनुषा प्रहरी प्रमुख रुगम कुँवरले युवा मञ्चको सहयोग सराहनिय रहेको बताए ।

कपडा र कम्लव सहयोग सेवामा विगत दश वर्ष देखि सक्रिय क्लोथ बैंक नेपालको माध्यमबाट प्रहरी प्रशासनलाई साक्षी राखि युुवा मञ्च सो सेवामा सहयोग गरेको हो । जनकपुरधामका युवाहरु मञ्चको यो कार्य अहिले सम्मकै उत्तम रहेको प्रतिक्रिया जनाएका छन् । वाँकी रहेको सिरकहरु मध्ये बुधवार दश वटा मानव सेवा आश्रम धनुषालाई र वाँकी रहेको अन्य आश्रय स्थलहरुमा युवा मञ्चकै उपस्थितीमा वितरण गरिने क्लोथ बैंकका अध्यक्ष डा. राजिव झाले बताए ।