एसपी रिपोर्टर
जनकपुरधाम, पुष १ : जनमत पार्टीको कारण मधेशमा पुनः नयाँ तरंग ल्याएको छ । एक सप्ताह मात्र कटाएको वर्तमान कांग्रेस दलका नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारमा दोस्रो बरियता सहित अर्थ मन्त्रालयको जिम्मेवारी सहित सरकारमा रहेको जनमत पार्टीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ई. वसन्त कुशवाहाले आज एक स्टाटस लेख्दै सरकारबाट बाहिरिनु पर्ने सम्मको कुरा उल्लेख गर्न भ्याएका छन् ।
उनले मधेशमा दश हजार युवाहरुलाई रोजगार दिने गरि आफु नेतृत्वको तत्कालिन पर्यटन मन्त्रालयले योजनाहरु ल्याएको भएपनि अहिले आएर सो मन्त्रालय अरुलाई दिएर पार्टीको उद्देश्य समाप्त पार्ने काम भएको भन्दै सरकारबाटै बाहिरिनुपर्ने सम्मको कुरा उल्लेख गरिदिए पछि मधेश तरंगित छ । ई. कुशवाहा पार्टी अध्यक्ष डा. सिके राउतका प्रिय र निकट पात्र हुन ।

उनले लेख्नु भनेको डा. राउतकै भर्सन हो भन्दै कतिपयले जनमतले नयाँ चाल चल्न लागेको टिप्पणी गर्न थालेको छ भन्ने कतिपयले जनमतको बलियो बार्गेनिङ्गको कायदा रहेको बताउछन् । कतिपयले भने युवा रिझाउन जनमतको चुनावी स्टन्ट रहेको तर्क गर्छन ।





