एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ९ : प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुने विवाहपञ्चमी महा महोत्सवको मुख्य दिन आज धुमधाम छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बाह्रबिघा रंगभूमि मैदानमा भव्यता पूर्वक भगवान राम स्वयंवर शु–सम्पन्न भएको छ भने अहिले राती सम्म वैवाहिक कार्यक्रम हुदैछ ।
जानकी मन्दिरमा भब्य सरसजावटका साथ बनाइएको विवाह मण्डपमा हरेक वर्ष जस्तै यस वर्ष पनि वैवाहिक कार्यक्रम सुरु छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव जानकीको पिताको रुपमा वैवाहिक कार्यक्रममा सहभागि छन भने सहायक महन्त गितगान र वैवाहिक कार्यक्रममा सक्रिय छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री, बीरगंज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दुत, धनुषाका प्रशासनिक निकायका प्रमुखहरु, पुर्व प्रशासनिक निकायका प्रमुखहरु पनि मण्डप छेउमा बसेर वैवाहिक कार्यक्रम दृश्यावलोकन गरिरहेका छन् ।






