एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर ५ : भारत उत्तर प्रदेशको अयोध्या पुगेर जनकपुरधामको तर्फबाट बेहुला पक्ष अयोध्यालाई विवाह पञ्चमीको आमन्त्रण प्रदान गरिएको छ । जनकपुरधाममा नगर प्रमुख मनोज कुमार साह नेतृत्वको टोली अयोध्या पुगेर अयोध्याका मेयर ग्रिसपत्ति त्रिपाठी र बिश्व हिन्दु परिषदका राष्ट्रिय मन्त्री राजेन्द्र सिंह पंकज लाई आमन्त्रण प्रदान गरेका हुन ।
साथै दुवै पक्ष एक धार्मिक पूजापाठ र विधि अनुसार बेहुलालाई (तिल्काउने) तिलकोत्सवको कार्यक्रम समेत गरेको छ । दुवै पक्ष बेहुला÷बेहुली को प्रतिनिधिहरुको उपस्थितीमा सो दिउँसो साढे ३ बने कार्यक्रम सम्पन्न भएको बिश्व हिन्दु परिषदका अभियान योग गुरु मनोहर साहले बताए ।

जनकपुरधामबाट नगरप्रमुखको संगै वडा अध्यक्ष रामचन्द्र पजियार, महेन्द्र साह सहितका पनि सहभागि छन् ।





