एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २६ : अहिले मधेशको राजनीति र सत्ताका लागि दलहरुले गरिरहेको लुछाचोरी देशमै चर्चामा छ । मधेशमा निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गरेको नयाँ मुख्यमन्त्रीको नियुक्ती र त्यसपछिको मधेशको राजनितिक हालतमा मंगलवारको सर्वोच्च अदालतको दुई थरीको आदेशले केहि मात्रामा भने मलहम लगाएको छ ।

यथास्थितिमा राख्दै दिर्घकालिन प्रभाव पार्ने कुनै पनि निर्णय नर्गन भन्दै मुख्यमन्त्रीका लागि अन्तरिम आदेश र अन्य दुई जनाको रिटमा कारण देखाउ आदेश सर्वोच्चको छ । ति रिटहरू हाल्ने तीनैजना युवाहरु मधेशका २० वर्ष उमेर पनि नकटेका भर्खर वकालत उत्तिर्ण जेन जी युवाहरु हुन ।
मधेशको राजधानी जनकपुरधामका रक्की प्रसाद साह (वर्ष २५), सिरहाका सुजित यादव (वर्ष २२) र पर्सा सखुवा पर्सौनीका अर्जुन साह तेली (वर्ष १९) ले प्रदेश प्रमुखले मुख्यमन्त्रीको नियुक्ती र सपथ गराएकै दिन तत्कालै सर्वोच्चमा रिट दर्ता गराए । साह र यादवको संयुक्त रिट थियो भने तेलीको फरक । उनीहरुलाई मधेशबाट नेताहरुले आज पर्खिन भोली आफुहरु संगै रिट दर्ता गराउन आग्रह गरेको बताइन्छ ।
तर उनीहरुले मानेनन् । व्यवसायिक र राजनितिक चेतना भएका तीनैजना तत्कालै रिट दायर गरे । साह र यादवको रिटमा अन्तरिम आदेश आएको छ भने तेलीको रिटमा कारण देखाउ आदेश । उनीहरु व्यवसायिक पहिलो कदममा पाएको व्यवसायिक सफलता र मधेशका चर्चाले हौसिएका छन् । एसपी खवरसंगको कुराकानीमा मधेश प्रदेश अति चिन्तित उनीहरु मधेशका लागि आफुहरु सधै व्यवसायिक र अभियानीका रुपमा गतिशिल रहने बताउछन् ।
उनीहरु दायर गरेको रिट र त्यसबाट परेको प्रारम्भिक प्रभावबाट मधेशका रिटको स्वार्थसंग सम्बन्धित दलहरुका नेताहरु हौसिएका छन् र आफनै सफलता सरह बुझिरहेका छन् । नेताहरुले दायर गरेको रिटमा भने आज बुधवार पेशी रहेको छ ।






