एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २५ :
प्रदेश प्रमुख पद संघिय सरकारको प्रतिनिधी मात्र हुदैन प्रदेशकै राष्ट्रपति सरह अर्थात सर्वोच्च अभिभावक हुन्छ । जेन जी आन्दोलनको जगमा बनेको वर्तमान सुशिला कार्की नेतृत्वको सरकारको निकाय गत आधिकारिक प्रतिनिधी प्रदेशहरुमा पुग्न नसकेको अवस्थामा मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको गल्तीले वर्तमान संघिय सरकारका प्रतिनिधी मधेश प्रदेशमा प्रवेश पाएको छ ।

अहिले सम्म प्रदेश सरकारहरुमा वर्तमान संघिय सरकारको आधिकारिक पहुँच हुन सकेको थिएन र हस्तक्षेप गरेर प्रवेश गर्न चाहेको पनि थिएन । तर मधेशमा सोमवारको घटनाले सहज प्रवेश पाउन परिवर्तित नयाँ संघिय कार्की सरकार सफल भएको हो । सरकारले नयाँ प्रदेश प्रमुखको रुपमा अर्थ विज्ञ जनकपुरधामका सुरेन्द्र लाभलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । यसले अव मधेश प्रदेशमा परम्परागत दलले गर्ने गलत गतिविधी र संसदिय क्रियाकलापमा लगाम लाग्ने विश्लेषण हुन थालेको छ ।

आफनै पार्टीको कोटाबाट प्रदेश प्रमुख सभामुख हुँदा पार्टीहरुले आफु अनुकुलका असंवैधानिक क्रियाकलाप गर्ने काममा अव ब्यालेन्स हुने र प्रदेश प्रमुखले लगाम लगाउन सक्ने कतिपयको अनुमान छ भन्ने कतिपयले आउन लागेको नयाँ प्रदेश प्रमुखलाई दलीय स्वार्थ हरुको बितण्डा बिच काम गर्न सहज नहुने बताउछन् ।

बर्खास्त भएकी प्रदेश प्रमुख भण्डारीले सोमवार विहान गरेको मुख्यमन्त्री नियुक्ती विरुद्व परेको रिटमा सर्वोच्चको फैसला सकारात्मक आए नयाँ प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ अनुसार नै पुनः नयाँ मुख्यमन्त्रीको आह्वान गर्ने करिव निश्चित जस्तै देखिन्छ ।