एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ९ : आस्थाको महा पर्वको दोस्रो दिन आज खरना विधी गरिदै छ । छठ पर्व गर्ने व्रतालुले ‘खरना’ विधिका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा रोटी, सख्खर, दूध र चामलको खीर पकाइ घरदेवता कोठामा केराको पातमा राखेर छठी मातालाई चढाउने गरिन्छ ।
त्यसपछि बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । खरना विधिको सोहि प्रसाद ग्रहण पछि ब्रतालुहरुको निरन्तर ३६ घण्टाको उपवास पुनः सुरु हुन्छ । प्रकृतिको पुजा हुने यस पर्वमा स्थानिय खेत र करेसाबारीमा उत्पादन हुने चामल र गहुँको पिठोले बनेको ठेकुवा, खजुरिया, भुस्बाका साथै पात सहितको बेसार, मुला, र सानो÷ठुलो लेमन, उखु, नरिवल, केला सहितको प्रसाद चढाइन्छ ।
मुख्यत चार दिवसीय छठ पर्वको पहिलो दिन शनिवार ब्रतालुहरु नुहाएर मात्र खाइन यस दिनलाई नहाय खाय र अर्वा अरबाईन पनि भनिन्छ । पञ्चमीका दिन ‘खरना’ विधी मनाइँदै छ । षष्ठीका दिन भोली बेलुकी अस्ताउँदो र मंगलवार विहान उदाउँदो सूर्यलाई अर्घ दिन जनकपुरधाम र यस क्षेत्रको पोखरी, तलाउ र सरोबर हरुलाई दुल्हीझै सजाइँदै छ ।





