एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ :
मधेशको दोस्रो ठुलो दल नेपाली कांग्रेसले मुख्यमन्त्री सतिश कुमार सिंहलाई दिइको समर्थन फिता लिदै आफना मन्त्रीहरुलाई पनि फिर्ता बोलाएको छ ।

जनकपुरधाम स्थित कांग्रेसको मधेश प्रदेश पार्टी कार्यालयमा बसेको संसदिय दलको बैठकले सो निर्णय गर्दै आफनो सर्मथन र मन्त्री दुवै र्फिता लिने निश्कर्षमा पुगेको हो । यस संगै पार्टीको निर्णय र निर्देशन विपरित मुख्यमन्त्रीमा बसिरहेका मुख्यमन्त्री सिंहको पद धरापमा परेको छ ।

कांग्रेसले अव सक्दो आफनौ नेतृत्वमा नभए परिस्थिती अनुसार अगाडि बढने कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले बताए । पार्टीको १३ मध्ये १२ सांसदलाई वास्ता नगरि फिर्ता हुनुपर्ने पार्टीको निर्णय र निर्देशन विपरित मुख्य मन्त्री सिंह बिश्वासको मत लिने बताउन थालेपछि कांग्रेस र एमाले माथी दलिय व्यवस्था विरुद्वको आरोप लाग्न थालेको थियो ।

कांग्रेस र एमालेमा मुख्यमन्त्रीलाई समर्थन गर्ने÷नगर्ने विषयमा विवाद चलिरहेको छ । मुख्यमन्त्री सिंह बिश्वासको मत सामना गर्ने बताइरहेका थिए । कांग्रेस २२ सांसद सहित मधेशको दोस्रो ठुलो दल हो । उनको चारजना मन्त्रीहरु सरकारमा थियो ।

मुख्यमन्त्री एक व्यक्तिलाई मात्र निरन्तरता दिन खोज्नु दलिय व्यवस्था मान्ने दुई ठुला दलहरु कांग्रस र एमालेको यो कस्तो नीति भन्ने विषयमा हिजो मात्र एसपी खवरले छापेको समाचार अत्याधिकले पढेको थिए ।

यो पनि पढनोस