एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १३ : नेपाली कांग्रेसक पुर्व उपसभापति विमलेन्द्र निधिले जातपात भन्दा माथी उठेर सबै मिली जनकपुरधामको विकासका लागि अग्रसर हुनुपर्ने बताएका छन् । जनकपुरधाम स्थित कलवार समुदायको ब्याहुत सेवा समिति कलवार कट्टीमा समुदायको कुल देवता श्री बलभद्र जयन्तीको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री समेत रहेका निधिले समाजिक एकता र सहिशुनतामा जोड दिएका छन् ।

सिमित वक्ताहरुले बोलेको कार्यक्रममा निधिले भगवान बलभद्र भगवान कृष्णका भाई बलरामकै स्वरुप भएको र त्यस वेलाका राजनीतिका माहिर भगवानका रुपमा समेत रहेकाले वीरताको प्रतिक बलभद्र र बलराम भगवानका सन्तति कलवार समुदाय शौभाग्यशाली रहेको बताए ।

जनकपुरधाम वासी हुनु आफैमा सौभाग्य हो, निधिले थपे, ‘यो सौभाग्यलाई सबै मिलेर सार्थक र सावित गर्न आवश्यक छ ।’ कार्यक्रममा कांग्रेसका नेता पुर्व मधेश सरकारका मन्त्री रामसरोज यादव, जनकपुरधाममा मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, मा जानकी यातायात प्रा.लीका अध्यक्ष मनोज चौधरीले शुभकामना मनतब्य राख्दै श्री बलभद्र जयन्तीको शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष साहले समाजमा एकलाई समस्या पर्दा अर्काले सहयोग गर्ने व्यवहार भए मात्र समाजिक हित हुने बताए ।

सो अवसरमा कट्टीका अध्यक्ष श्याम प्रसाद साहले आफुले नेतृत्व सम्हाल्न पुर्व गरेको प्रतिवद्धताको ९९ प्रतिशत काम पुरा गरिसकेको दावी गरेका छन् । सो अवसरमा समुदायको अगुवाहरु, पुर्व तथा वर्तमान पदाधिकारीहरु सहितको बाक्लो उपस्थिती थियो । सो अवसरमा ८० वर्ष नाघेका समाजका ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।





