एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : नेपाल पत्रकार महासंघ धनुषा शाखाको पाँचौ नियमित बैठक विहिवार सम्पन्न भएको छ । अध्यक्ष पुरन साहको अध्यक्षतामा भएको बैठकले विभिन्न पेशागत र संगठनात्मक निर्णयहरु गरेको छ । महासंघ धनुषा शाखाको १८ मध्ये निर्वाचित पाँच महिला पदाधिकारी तथा सदस्यहरुका लागि हरेक बैठक वापत प्रति व्यक्ति चार÷चार सयको दरले बैठक भत्ता सुविधा प्रदान गर्ने बैठकले सर्वसम्मत निर्णय गरेको छ ।
संयोगवश विहिवारै पर्न गएको वरिष्ठ पत्रकार तथा प्रेस एवं प्रजातन्त्र सेनानी यस शाखाका अग्रज अभिभावक स्व. राजेश्वर नेपालीको स्मृति दिवसको अवसरमा बैठक एक मिनेट मौन धारण र श्रद्धाञ्जली अर्पण सहित प्रारम्भ हुँदै स्व. नेपालीको स्मृति दिवसको अवसरमा अव हरेक वर्ष सान्दर्भिक अन्तरक्रिया, छलफल सहितका विभिन्न कार्यक्रम गर्ने समेत निर्णय गरिएको छ ।
बैठकले महासंघ मधेश प्रदेश समितिको जनकपुरधाम स्थित जग्गा रक्र्षाथ महासंघ धनुषाको अगुवाईमा भएको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्ने सम्पुर्ण पत्रकार सहित पत्रकारका अगुवा संघ संगठनका साथै प्रत्यक्ष अप्रत्यक्ष सहयोग र शुभेच्छा व्यक्त गर्ने व्यक्तित्व, संघ संस्था र निकायलाई धन्यवाद ज्ञापन गर्नुका साथै वकिलहरु सँगको विवादमा घाइते भएका महासंघ मधेश प्रदेश महासचिव शैलेन्द्र महतो क्रान्ति र पत्रकार दिवाकर राय लाई आर्थिक सहयोग गर्ने घोषणा गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
बैठकको अर्को महत्वपुर्ण निर्णयमा सप्ताह मा एक दिन पाउनुपर्ने विदा (आराम) को सुविधा श्रमजीवी पत्रकार एवं सञ्चारकर्मीहरु कार्यरत सञ्चार माध्यमहरुमा पनि अनिवार्य लार्गु गर्न/गराउन आह्वान गर्ने निर्णय पनि एक हो । बैठक पश्चात महासंघको सदस्यता पारदर्शिता र नविकरण अभियान अन्तर्गत धनुषा शाखाका अध्यक्ष सहित कार्यसमितिका पदाधिकारी र सदस्यहरुले आफनो सम्पुर्ण कागजात कार्यालयमा बुझाउनु सुरु गर्दै यस कार्यमा निर्धारित समयमै सहभागिताका लागि सम्पुर्ण सदस्य ज्यू हरुलाई पुन आग्रह गरेको छ । सचिव बटुक नाथ झा का अनुसार बैठकमा १८ मध्ये १७ जनाको उपस्थिती रहेको र सर्वसम्मत निर्णयहरु भएको छ ।





