एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेसका अध्यक्ष जितेन्द्र सोनलले गौर हत्याकाण्डलाई लिएर सर्वोच्च अदालतले दिएको परमादेशका विषयमा संघीय लोकतान्त्रिक मोर्चाकै धारणा आफूहरुको धारण रहेको बताउनु भएको छ । लोेसपाको मधेस कार्र्यकारिणी समितिको बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष सोनलले मोर्चाको धारणाभन्दा आफूहरुको धारणा फरक छैन हामी अहिले सर्वोच्च अदालतले दिएको परमादेशको पूर्णपाठको प्रतीक्षामा छौँ त्यसपछि मात्रै आगामी निर्णय गरिने जानकारी दिनुभयो ।
उहाँले परमादेशको पूर्ण पाठको आधारमा निश्पक्ष छानविन गर्ने वातावरण बन्यो भने आफूहरु त्यसमा राज्यलाई सहयोग गर्ने समेत बताउनु भयो । यद्यपि मरेको भुतलाई फेरी उखाल्ने काम हुन्छ भने हामी त्यसलाई सवीकार गर्दैनौँ उहाँले भन्नुभयो । उहाँले भन्नुभयो ‘हामी सर्वोच्चको परमादेशको सम्मान गर्छौँ, अनुसन्धानमा पनि सघाउँछौ तर छानविनको नाममा बायस्ठ हुन्छ वा रिसिइवि साध्ने काम हुन्छ भने त्यसलाई कदापी स्वीकार गर्दैनौँ ।

यस अघि लोसपा नेपालको मधेस कार्यकारिणी समितिको बैठकबाट संगठन सुदृढिकरण, संघीय लोकतान्त्रिक मोर्चाको बारेमा छलफल। पार्टीको तल्लो कमिटीहरुको कामको समिक्षाका साथै मधेस प्रदेश सरकारको बारेमा समेत समिक्षा गरिएको सोनलले जानकारी दिनुभयो ।





