एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २ :
उपेन्द्र यादवमाथि अनुसन्धान हुनेगरी सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान शुरु गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी नेपाल आन्दोलित भएको छ ।
जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरधामको रामानन्द चोकमा टायर बालेर विरोध प्रदर्शन गरेको छ । मधेस आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश आएको भन्दै जसपा नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतले मधेश आन्दोलनका उपलब्धिहरुलाई तेजोबोध गर्ने उद्देश्यले यस प्रकारको परमादेश दिएकाले आफूहरुलाई आन्दोलित हुनु परेको जसपा नेपाल मधेसका अध्यक्ष बालकिशोर यादवले बताए । उनले नेपालको नश्लिय अदालतको यस प्रकारको परमादेशले मधेसमा फेरी आन्दोलनको आँधी आउने चेतावनी दिए ।

उनले अदालत केपीशर्मा ओलीको इशारामा यस प्रकारको परमादेश दिएको आरोप समेत लगाए । सर्वोच्च अदालतले आजै १९ वर्ष अगाडी भएको गौर हत्याकाण्डको अनुसन्धान अगाडी बढाउन परमादेश दिएको थियो ।






