एसपी रिपोर्टर
जनकपुरधाम, साउन १६ :
मिथिला बिहारी नगरपालिका–१० ठेराका नागरिक समाजका अगुवाहरूले अदालतको आदेश कार्यान्वयन नभएको भन्दै शुक्रबार जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनीहरूले नेपाल सरकारद्वारा ऋण कारोबारका लागि लागु गरिएको नियमअनुसार वडामा दर्ता भई कानुनी प्रक्रिया अपनाएर ऋण दिने केही साहू महाजनहरू प्रहरी प्रशासनको व्यवहारका कारण अन्यायमा परेको गुनासो गरेका छन् ।

उच्च अदालत जनकपुरले लेनदेनसम्बन्धी निषेधाज्ञा मुद्दामा प्रहरीलाई कुनै दबाव नदिन अन्तरिम आदेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै प्रहरीबाट ऋणदातालाई फोनमार्फत धम्की र दबाब दिइएको आरोप उनीहरूले लगाएका छन् ।
उनीहरुको केही व्यक्तिहरूले विभिन्न समितिको नाममा गाउँमा गलत हल्ला फैलाएर आतङ्क मच्चाउने प्रयास गरेको आरोप समेत छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न र अदालतको आदेश कार्यान्वयनमा सहयोग पु¥याउन सरकारलाई अनुरोध गर्दै ठेराको नागरिका समाजले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।





