एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० :
शम्भु सादाको हत्यारामाथि कारवाहीको माँग गर्दै धनुषाको सबैलामा दलित समुदायहरुले विशाल विरोध सभा गरेका छन् । आमसभालाई प्रहरीले बल प्रयोग गरी तितरवितर गर्न खोजेका थिए । तर त्यसका वावजूद पनि हजारौंकोे संख्यामा स्थानीयहरुले सबैला बजारमा विरोध प्रदर्शन गर्दै विरोधसभा गरेका छन् ।

भिडियोमा हेर्नोस विशाल प्रदर्शन

https://www.facebook.com/janaki.times/videos/728616764567521/UzpfSTEwMDAwMDk1MDYxMTMwMTozMDYwNjExMjk0OTk0MTQ6NzU6MDoxNTkzNTg2Nzk5Oi0yNjM5Nzc4MDE1NDU1OTA4NzE0/?_nc_cat=111&_nc_sid=b96e70&_nc_ohc=LC0PowwW1AgAX8jB9eQ&_nc_ht=scontent.fbwa3-1.fna&oh=d6ad2696d4f9e57a240c78d92acc10fb&oe=5F0A7452&dl=1

विरोधमा सहभागी वक्ताहरुले मृतक शम्भु सदाको हत्यारामाथि कारवाही नभए देशभरि दलित समुदायहरु आन्दोलन विस्तार गर्ने चेतावनी दिएका छन् । धनुषाको सबैलामा मुसहर संघद्वारा आयोजित ‘विरोध सभा’मा सहभागी वक्ताहरुले त्यस्तो चेतावनी दिएका हुन् । सहभागीहरुले शम्भु सादालाई षड्यन्त्र पूर्वक हत्या नै गरिएको हुन सक्ने आंशका गरेका छन् । हिरासतमा राखेर हत्या गर्नेमाथि फाँसी हुनुपर्ने माँग उनीहरुले गरेका छन् ।

‘अन्याय अत्याचार विरुद्ध प्रतिकार, शम्भु सादाको हत्यारालाई फाँसी’ नाराका साथ शुरु भएको ‘विरोध सभा’लाई सम्बोधन गर्दै सहभागीहरुले भने, ‘रक्षक नै भक्षक भएपछि जनताको रक्षा कस्ले गर्ने भन्दै प्रश्न गरेका छन् । दलित युवालाई षड्यन्त्र पूर्वक हत्या गर्नेमाथि कारवाही नभएमा चरणवद्व आन्दोलन गर्ने उनीहरुको चेतावनी थियो ।

प्रहरीद्वारा हत्या आशंकामा घटनाको निष्पक्ष छानविन गरी दोषीमाथी कारबाही, पिडित परिवारलाई उचित क्षतिपुर्ति र आन्दोलनको क्रममा घाईते भएकाहरुको उपचारको मांग गर्दै सबैला बजारमा विशाल विरोध प्रदर्शन गरिएको बहुजन एकता समाज नेपालका केन्द्रीय संयोजक चन्देश्वर दासले बताएका छन । संयोजक दासका अनुसार दलितहरुको शृंखलाबद्ध सुनियोजित हत्याको विरुद्ध ३२ डिग्रिको चर्को गर्मिमा पनि मधेशी दलित समुदायले धनुषा प्रहरी, नेपाल सरकारका गृहमन्त्री र स्थानीय नेतालाई चुनौती दिदैं प्रदर्शन गरिएको हो ।

ट्रयाक्टर दुर्घटनामा एक महिलाको मृत्यु भएपछि उत्पन्न विवादले जेठ १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका शम्भु सदा मुसहर २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए । प्रहरी निरिक्षक चन्द्रभुषण यादब र ट्रयाक्ट साहु संजय साह तेलीको मिलिभगतमा हत्या गरिएको पिडित परिवारको आरोप छ । मृतककी आमालाई ईलाका प्रहरी कार्यालयमा गुपचुप लगेर जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लगाउनुले पनि यो आत्महत्या नभई षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आन्दोलनकारीहरुको भनाई छ । नेपाल राष्ट्रिय मुसहर संघले पनि बिहिबार दोषीमाथि कारवाहीको माग गर्दै धनुषामा प्रदर्शन गरेको थियो ।

विरोध सभामा सबैला नगरपालिका मेयर विजय शंकर साह, वडा नं. १२ का अध्यक्ष प्रदीप महतो, दलित अगुवा नेता रामस्वरुप सादा, पञ्चु माझी, वौएलाल माझी, तेजनारायण सदा, दीपनारायण दास सहितका व्यक्तिहरुले आफ्ना धारणा राखेका छन् ।