एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३ :
सिरहा मिर्चैयाका ११ वर्षिक वालक विशाल पण्डितले खोई कसरी तिन इन्चको काँटी खाइदिए । त्यसपछि उनलाई पेट दुख्न सुरु भयो । तर डरले उनले कसैलाई पनि आफुले काँटी खाएको जानकारी भने गराएन ।

पेट दुखाई निको नभएपछि जनकपुरधाम उपचारका लागि अभिभावक संगै आएका बालकको भिडियो एक्सरे गर्दा पेटको सानो आन्द्रामा कालो तिन इन्चको काँटी देखियो । अभिभावक र उपचारमा खटेका पेट रोग विशेषज्ञ चिकित्सक, ग्याँसट्रोलोजिष्ट डा. रामदेव चौधरी पनि आश्चर्यमा परे ।

यसरी निकालियो काँटी, भिडियोमा हेर्नोस्

तर चिकित्सकको कुशलताका कारण इन्डोस्कोपी माध्यमले नै काँटी बाहिर निकाल्न सफल भएको छ । डा. चौधरीले शल्यक्रिया बिनानै सो काँटी कुशलतापूर्वक बाहिर निकालि दिएपछि अभिभावक हर्षित भए ।

डा. चौधरीले भने, ‘पहिलो प्रयास बिना शल्यक्रिया नै इन्डोस्कोपी माध्यमले गरौं भन्ने भयो र हामि सफल पनि भयौं ।’ पेट छाती तथा ग्याँसट्रोलोजिष्ट विशेषज्ञ डा. चौधरी जनकपुरधामको प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक हुन ।