एसपी रिपोर्टर
जनकपुरधाम , साउन २ : 
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११का वडाध्यक्ष अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार चौधरीविरुद्ध महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा उनलाई बिहिबार अबेर साँझ नियन्त्रणमा लिइएको हो । यद्यपि पक्राउ गर्नुको कारणबारे प्रहरीले थप स्पष्ट भने गरेको छैन ।

यसअघि पनि चौधरी घुस काण्डमा मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो र भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको थियो । तर विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।