एसपी रिपोर्टर
जनकपुरधाम, असार २० : किर्ते हस्ताक्षर मुद्दामा हाजिरी जमानीमा छुटेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले आफूलाई फसाउन प्रशासनिक संयन्त्र लागि परेको आरोप लगाएका छन् । करीब ६ दिन धनुषा प्रहरीको थुना बसाई पछि आइतवार हाजरी जमानीमा रिहा भएका साहले आज पत्रकार सम्मेलन गर्दै आफूलाई प्रशासनिक संयन्त्रले नै फसाउने प्रपञ्च रचेको आरोप लगाएका छन् ।
उनले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले वृहतरको कार्यकारी निर्देशक नियुक्तिमा हस्तक्षेप गर्दै आर्थिक प्रलोभनका कारण आफ्नो मान्छेलाई बहत्तरमा राख्न दिएको दवाब अस्वीकार गरेपछि झुठो प्रपञ्च रचेर फसाउन खोजेको बताएका छन् ।
गत माघ १६ गते विदाका दिन मलाई आफनो निवासमा बोलाएर धम्कीको शैली प्रयोग गर्दै तत्कालिन सिडिओ कडरियाले फलानोलाई निर्देशक किन बनाएको ? भाषा प्रयोग गर्दा आफुले प्रतिवाद गरेपछि नियोजित रुपमा आफुलाई फसाउने षडयन्त्र तहत यस्तो गरिएको उनको आरोप छ । उनले यसरी बोलिरहँदा आफुलाई सुरक्षा थ्रेट पनि रहेको बताए ।
पत्रकार सम्मेलनमा साहले भने ‘किर्ते हस्ताक्षर मैले गरेको छु भनेर समाचार बाहिरियो तर विधि विज्ञान प्रयोगशालाको रिपोर्टले आफूले त्यो हस्ताक्षर नगरेको प्रमाणित गरेको छ ।’ पुर्व पत्रकार म केहि गर्न भनि वृहतरमा आए मलाई थाहा छ केहि गर्न सकिरहेको छैन तर कम्तिमा वृहतरलाई सुधारेर जाउँ भन्ने अभियान चलाउँदा पनि थुनामा बस्नु परयो, यो कस्तो न्याय हो ? उनको प्रश्न छ ।
बृहत्तरका निर्देशक वैद्यनाथ पासवानले अध्यक्ष साहले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै गत वर्ष चैत २८ गते अदालतमा मुद्दा दर्ता गराएका थिए । पासवानले दर्ता गरेको मुद्दाकै आधारमा २०८२ वैशाख २५ गते वृहत्तरका अध्यक्ष साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएको केही महिनासम्म समर्पक विहिन रहेका पुर्वे अनुसन्धानमा सघाउन आएको निवेदन सहित प्रहरी समक्ष हाजिर भएका थिए ।





