एसपी रिपोर्टर
सप्तरी राजविराज, असार १९ : सप्तरीको महदेवा गाँउपालिका वडा नं. १ चिम्टीका आगलागी पिडितहरुले राहत स्वरुप खाद्यन्न समाग्री पाएका छन् । वर्षात, बाढी पहिरोको मौसममा एशोसिएशन अफ नेपाल तराई ईन अष्ट्रेलिया (ऐन्टा) र एनआरएनए अष्ट्रेलियाको सहयोगमा आगलागी पिडित स्थानिय ६८ घरपरिवारलाई राहत स्वरुप खाद्यन्न समाग्री वितरण गरिएको छ ।
एशोसिएशन अफ नेपाल तराई ईन अष्ट्रेलिया (ऐन्टा) का अध्यक्ष नेपाली युवा व्यवसायी रञ्जित साहको पहल र प्रयासमा हरेक आगलागी पिडित घरपरिवारलाई ६ बोरा चामल र एक/एक बोरा दाल वितरण गरिएको छ ।
राहत पाएर खुसी जनप्रतिनिधी तथा पिडितले यसो भने
नेपाल आएका अध्यक्ष साह प्राविधिक कारणवस पिडितहरुको गाँउ पुग्न नसकेपनि आफना प्रतिनिधीहरुको माध्यमले स्थानिय पालिका अध्यक्ष, वडा अध्यक्ष, प्रहरी प्रशासनको रोहबरमा राहत वितरण गर्न लगाएको बताएका छन् । बाढी पहिरो र वर्षाका कारण कामकाज बन्द भई दैनिकी ठप्प हुने समयको पुर्वसन्ध्यामा स्थानियले राम्रो राहत पाएपछि हर्षित छन् ।
राहत वितरण पछि गाँउपालिका अध्यक्ष सुनिल कुमार मण्डल र वडा अध्यक्ष जयश्वर किशोर दास तथा पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकिशोर साहले ऐन्टा र अध्यक्ष साहका साथै एनआरएनए अष्ट्रेलिया प्रति आभार व्यक्त गर्दै उचित समयमा राहत आएकाले धन्यवाद दिए ।

स्थानिय सरकारले पनि सक्दो आफनो स्तरबाट पिडितको पुर्नउत्थानका लागि काम गरिरहेको अवस्थामा आएको राहत सहयोगले स्थानिय खुसी भएको उनीहरुको दावी छ । राहत वितरण कार्यक्रममा उपस्थित प्रहरी प्रतिनिधीले पनि राहत आएपछि स्थानियमा आश जागेको बताए ।



