एसपि रिपोर्टर
जनकपुरधाम, असार ७ : जनकपुरधामको वडा नं. ४ स्थित रौनियार सेवा समितिले तत्काल नयाँ अभिभावक पाएको छ । जयेष्ठ संरक्षक सदस्य तथा नेपाल रौनियार महासंघका केन्द्रिय अध्यक्ष शिवनाथ प्रसाद साहले आह्वान गरेको विशेष सभाले यस अघिको विभिन्न समयमा अभिभावकीय भुमिकामा रहदै आएका साविकका छ जना संरक्षक सदस्यहरुको जिम्मामा समितिलाई तत्काल हस्तान्तरण गरिएको छ ।
सेवा समितिको विधानको परिच्छेद ५ को धारा २२ को उपधारा ‘ग’ बमोजिम यस अघिको कार्यसमितिको म्याद सकिएको, १५ मध्ये कार्यसमितिका १२ जनाले सामुहिक राजिनामा दिएपछि सेवा समिति नेतृत्व विहिन रहेको भएपनि निवर्तमान कार्यसमितिका केहि सिमित व्यक्तिहरुले नै कार्यसमिति कब्जा गर्ने मनशायमा उत्रेपछि भेला बोलाइएर सोहि विधानको धारा बमोजिम संरक्षकहरुको जिम्मा लगाइएको पुर्व अध्यक्ष लालबाबु गुप्ताले बताए ।
विशेषसभाका दौरान बाहिरका मान्छेहरु समितिमा बोलाएर एक समुहले दंगा मचाउने कोशिस गरेको र अझै पनि सेवा समिति आफनै कब्जामा राख्न खोजेको भन्दै सभाका सदस्यहरुले विरोध जनाएका थिए । पछि प्रहरीले ति बाहिरि तत्वहरुलाई समितिको परिषरबाट बाहिर निकालेका थिए । सेवा समितिको विरासत बनाएका, जोगाएका बयोवृद्व अभिभावकहरुलाई डराएर, धम्काएर बाहिर रहन बाध्य बनाएर आफना मान्छेहरु भर्ती गरि एक समुह सेवा समिति चलाउन खोजेको आरोप उनीहरुको छ ।
बहुमत सदस्यहरुको निर्णय बमोजिम जिम्मेवारी पाएको संरक्षकहरुनै सेवा समितिको वास्तिविक अहिलेको कर्ताधर्ता भएको र उनीहरुलेनै निर्वाचन गराएर नयाँ नेतृत्व चयन गर्ने समेत निर्णय गर्दै अन्य कुनै पनि समितिको निर्णय मान्य नहुने बैठकले सहमति भएको छ । समितिका जयेष्ठ सदस्यहरुले लोकतन्त्रमा बहुमतको कदर हुनेपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले बहुमतलाई नजरअन्दाज गर्न नहुने त्यसो नभए आफुहरु आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
उपस्थित करिव एक सय भन्दा बढि रौनियार समुदायका सदस्यहरु मध्ये पाँचसात जना बाहेक सबैले साविकका संरक्षकहरुलाई अभिभावक तोकेका छन् ।



