एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ३० : धनुषाको महेन्द्र नगर स्थित नेपाली सेनाको ब्यारेक ‘श्री बिष्णुदल गण’ले यस क्षेत्रमा मनसुनको सक्रियतामा हुने विपदबाट जनतालाई जोगाउन ‘अभ्यास मनसुन’ कार्यक्रम सम्पन्न गरेको छ ।
विपदको पुर्व तयारी तथा प्रतिकार्यका लागि सो कार्यक्रम प्रत्येक वर्ष जस्तै यस वर्ष ऐतिहाँसिक क्षिरेश्वरनाथ नपा महेन्द्रनगर स्थित दुधमती सरोबरमा गरिएको ‘श्री बिष्णुदल गण’ महेन्द्रनगरका गणपति प्रमुख सेनानी प्रभुराम महतले बताए ।

सो अवसरमा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले विपदलाई दृष्टिगत गर्दै नेपाली सेनाको ‘श्री बिष्णुदल गण’ले गरेको पुर्वअभ्यासले यस भेगका जनता प्रतिको सेनाको दायित्व बोध झल्काउनुका साथै उद्दार कार्यमा उद्दार समाग्रीका रुपमा सेनाले प्रयोग गरेको स्थानिय स्रोत साधनहरुको प्रयाृेगले जनचेतनामा पनि अभिवृद्वि गरेको बताए ।

सेनाको यो कार्यले विपदबाट बच्न हामि भित्र खिया लागेर बसेको ज्ञानलाई पुर्नताजा गर्न झकझकाएको बताए । प्राकृतिक तथा मानव जन्य विपदबाट बच्न अपनाईने कला, कौशल, उपाय र प्रविधीहरुको जनताको अगाडि प्रत्यक्षरुपमा नेपाली सेनाले पुर्व अभ्यासका रुपमा प्रर्दशन गर्दै आएको छ । जस्मा बाढी डुबानमा परेका घर परिवार र जनतालाई कसरी बचाउने, उद्दार गर्ने सहितका कलाकौशल प्रस्तुत हुने गर्दछ ।

सो अवसरमा धनुषाका नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, अनुसन्धान तिनै तहका सुरक्षाका प्रमुख प्रतिनिधीहरु, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साह, क्षिरेश्वरनाथ नगरपालिका र बटेश्वर गाँउपालिकाका प्रमुख र अध्यक्षद्वय सहित स्थानिय अगुवाहरुको उपस्थिती थियो ।



