एसपि रिपोर्टर
काठमाडौं, जेठ २७
: सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको एक लाख ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ थियो ।सुनको भाउ घटेको दिन आज चाँदीको भाउ भने बढेको छ ।चाँदी आज तोलामा १५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।