एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २६ :
शिक्षा क्षेत्रको उत्थानका लागि जनकपुरधामकै महत्वकांक्षी आयोजना राजर्षिजनक विश्वविद्यालयको भवन निर्माणमा भइरहेको ढिलाई प्रति नेपाली कांग्रेस र जसपा नेपालका अगुवा युवानेताहरु एक हुदै प्रधानमन्त्रीलाई सामुहिक ध्यानाकर्षण गराएका छन् ।

जसपा नेपालका युवा नेता जितेन्द्र यादव र कांग्रेसका युवा नेता प्रवेश कुमार चौधरी संयुक्त रुपमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीलाई धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फक ध्यानाकर्षण पत्र पठाउदै बिलम्व नगर्न र त्यसो गरिए आफुहरु कडा विरोधमा जाने चेतावनी समेत दिइएको छ ।

२०५३ साल देखिको अथक प्रयासले २०६६ सालमा विश्वविद्यालय स्थापना हुँदा समग्र मधेश र जनकपुरधामका जनता खुसी भएकोमा अहिले आएर जग्गा हुँदा समेत भवन निर्माणमा भइरहेको ढिलाई जनतालाई त्रसित बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

धनुषाको फुलगामामा ९ विघ्घा १४ धुर जग्गामा भवन निर्माणका लागि गुठी संस्थान र विश्वविद्यालय बिच २०८१ श्रावण ८ गते भएको सम्झौता कार्यान्वयनमा ध्यान नदिई गुठीलाई हाल मासिक पाँच लाख र विश्वविद्यालय सञ्चालनमा मासिक छ लाख अनावश्यक खर्च गरिनु शकांष्पद रहेको जिकिर गर्दै युवाद्वयले अविलम्व भवन निर्माण गरि विश्वविद्यालयको सार्थकताका लागि आग्रह गरेको छ । साथै उनीहरुले भोली हुन गइरहेको विश्वविद्यालयको पहिलो ऐतिहासिक दिक्षान्त समारोहको स्वागत र सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।

यस्तो छ युवा नेताद्वयले लेखेको ध्यानाकर्षण पत्र