एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १६ :
मधेश प्रदेश सरकारको गौरवको योजना अन्तरगत विद्युतिय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाइएकाे छ । प्रदेश सरकारकाे उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले जनकपुरधामस्थित गंगासागर पाेखरीकाे डिलमा रहेकाे स्वर्गद्वारमा साे विद्युतिय शवदाहगृह निर्माण गरिने जानकारी गराइयाे । शुक्रवार साे मन्त्रालयले सराेकारवालासंगकाे छलफलमा यस्ताे जानकारी गराइएकाे हाे ।
सराेकारवालासंगकाे छलफलमा वर्तमान स्वर्गद्वारकाे दाेश्राे कितामा विद्युतिय शवदाहगृह यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने, यसै साता टेण्डर प्रक्रिया अघि बढाइने र निर्माण भइसकेपछि सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनकाे जिम्मा दिइने निर्णय गरिएकाे छ ।

छलफलमा उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले मधेश सरकारको याे गौरवको योजना रहेकाे र याे शवदाह गृह निर्माणले आम जनतालाई आर्थिक र समयकाे बचतसंगै वातावरणिय हिसाबले पाेलुसन राेक्ने काम समेत गर्ने बताए ।
उनले सो योजनाका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र केही वडा अध्यक्षहरुबीच सहमति निर्णय समेत भई सकेकाले निर्माणदेखि संचालनमा कुनै समस्या नहुने दाबी गरे ।
दुई वर्ष भित्रमा इलेक्ट्रिक शवदाह गृह निर्माण हुने छ साे शवदाहगृहकाे यसै साता टेण्डर निकालिने र निमार्ण लागि मन्त्रालयले ११ करोड रुपैया छुट्याइएको जानकारी मन्त्रालयका सचपव रामुकमार खंगले दिए ।
कार्यक्रममा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनाेज साहले जनकपुरधाममा विद्युतिय शवदाह गृह निर्माण हुनु ठुलाे गाैरवकाे विषय रहेकाे भन्दै निर्माण सम्पन्न भएपछि तात्कालै कार्यविधि बनाएर स्वर्गद्वारी समितिलाई संचालनकाे जिम्ममा र आर्थिक काेष स्थापना गरि संचालनमा ल्याइने जानकारी दिए।






