एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १५ :
गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेश सरकारले मधेशका आठवटै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मानित गरेको छ । दशकौं सम्म पत्रकारिता जस्तो जटिल र जोखिमपूर्ण पेशामा आवद्व भई देशको विभिन्न आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीहरुमा अहम भुमिका निर्वाह गरेका वापत नेपाल पत्रकार महासंघको उत्कृष्ट सम्मान पाएका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मानित गरिएको छ ।

सो अवसरमा सञ्चार मन्त्री समेह रहेका राजकुमार लेखीले प्रदेश सरकार सानो समयमा गणतन्त्र प्राप्तीमा कलमका माध्यमले योगदान गरेका उहाँहरुलाई सम्मान र कदर गर्न पाउँदा खुसी लागेको बताए । सम्मानित हुने प्रेस स्तन्त्रता सेनानीहरुमा धनुषाका अशोक रौनियार, रामभरत साह, महोतरीका बिन्देश्वरी मण्डल, गोपाल बराल, ईश्वरी पोखरेल, कुमरकान्त झा, रौतहटका शैलेन्द्र गुप्ता, सप्तरीका बैद्यनाथ झा, प्रकाश खतिवडा, देवराम प्रसाद यादव र पर्साका सत्रुधन नेपाल एवं गया यादव रहेका छन् ।

मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले एक समारोहको आयोजना गरि उपस्थित भएका १२ जना प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मानित गरेको हो । ११ हजार नगद र कदरपत्रका साथ सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । मुख्यमन्त्री सतिश कुमार सिंह, मन्त्री लेखी सहितकाले उनीहरुलाई सम्मान गरेका थिए । कारणवस आउन नसकेकाहरुको हकमा छलफल गरेर सम्मान प्रदान गरिने मन्त्री लेखीले बताए ।