एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १५ :
पाँच स–साना दलहरु गणतन्त्र दिवसको अवसर पारेर संघिय गणतान्त्रि गठबन्धनको घोषणा गरेका छन् । दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक समारोहको आयोजना गरि पाँच राजनीतिक दलहरु दलित, मुस्लिम र पिछडा अल्पसंख्यक समुदायको मत प्रभावित हुने गरि संघिय गणतान्त्रि गठबन्धन बनाएका हुन ।

नेपाल सदभावना पार्टी, नेपाल संघिय समाजवादी पार्टी, नेपाल जनजागृतिपार्टी, बहुजन एकता पार्टी नेपाल र ईतिहासिक जनता पार्टीहरुले गठबन्धनको घोषणा गर्दै २०८४ सालमा पिछडा समाज दलित, मुस्लिम, गरिव अल्पसंख्यकहरुलाई जोडने उद्देश्यका साथ गठबन्धन बनाएको देखिन्छ ।

पुर्व गृहराज्यमन्त्री समेत रहेका नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष तथा गठबन्धनका अगुवा रिजवान अन्सारीले सधै भरि पिछडाहरुको मत भजाएर, प्रभावमा पारेर दुरुपयोग भएको भन्दै अव एक गरेर ति मतको महत्व दर्शाउनका लागि गठबन्धन बनाएको बताएका छन् । नेपाल सदभावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेशसंग धोका गरेका मधेश केन्द्रित दलहरु नाम फेरेर राष्ट्रिय दल बन्न उद्दत हुँदा मधेश कमजोर बनेको आरोप लगाउदै यो गठबन्धन त्यसैमा केन्द्रित रहेर काम गर्ने बताए ।

सो अवसरमा नेपाल जनजागृतिपार्टीका अध्यक्ष ध्रुव लाल प्रसाद सहनी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन अम्वेडकर र ईतिहासिक जनता पार्टीका अध्यक्ष बद्रिनारायण ठाकुर सहितकाले सम्बोधन गर्दै गरिव विपन्नहरुलाई मतको मुल्य बुझाएर सदुपयोग गर्ने गराउने अभियान गठबन्धनले चलाउनु पर्ने बताए । सो अवसरमा मधेशको आठवटै जिल्लाका मुस्लिम, दलित र पिछडा अल्पसंख्यक नागरिकहरुको सहभागिता थियो ।