एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ११ : शिक्षा क्षेत्रका अगुवा डा. अनिल अग्रवालले आफना स्व. पिताको नाउँमा छात्रवृती र पुरस्कारको घोषणा गरेका छन् । गत बैशाख २७ गते निधन भएका कला र गित/संगीतका पारखी उनका पिता समाजिक अगुवा पवन बाजोरीयाको नाउँमा उनले पुरस्कार र गरिव जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृतीको स्थापना गरेका छन् ।
स्व. बाजोरीयाको १३ औं पुण्यतिथिको अवसरमा श्री अञ्जनेय सेवाश्रमद्वारा सञ्चालित श्री पवन बाजोरिया स्मृति छात्रवृति योजना तथा ११ हजार नगर राशीको श्री पवन बाजोरिया स्मृति संगीत एवं कला पुरस्कारको घोषणा गरिएको संस्कृती विद्यालयका संस्थापक समेत रहेका उनका सुपुत्र डा.अग्रवालले बताए ।
छात्रवृति चालु आर्थिक वर्षमा एक/एक जना छात्र/छात्रालाई छात्रवृती प्रदान गरि शुभारम्भ गरिने र त्यसपछि हरेक वर्ष कक्षा ५,६ र ७ का एक/एक छात्रा/छात्रा गरि कुल छ जनालाई छात्रवृती प्रदान गरिने अग्रवाल परिवारले जनाएको छ । जनकपुरधाममा सर्वपक्षिय छनौट समिति बनाएर कुनै विशेष अवसरमा छात्रवृति र पुरस्कार प्रदान गरिने पनि बताइएको छ ।


