एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १० :
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले प्रकृतिलाई दोहन मात्र गर्ने र पुर्नजागरण गर्ने मानविय गतिविधी आफनै लागि पनि खतरनाक सावित हुने बताएका छन् । जनकपुरधाममा नेपाल खानेपानी संस्थान कर्मचारी संघको केन्द्रिय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसका पुर्व उपसभापति समेत रहेका निधीले मानवले उपयोग गर्ने प्रकृतिक स्रोत साधनको भण्डारणमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

विद्वानहरुले दशकौं अगाडि लेखेका उदाहरणहरु प्रस्तुत गर्दै पुर्व गृह तथा उपप्रधानमन्त्री निधीले प्रकृतिलाई दोहन गर्ने तर पुर्नभरण गरिएन भने एकदिन सबै रितिन्छ अनि के गर्ने ? प्रश्न गरे । तिनै तहको सरकार मिलेर खानेपानीलाई प्राथमिकताका मद्दा बनाएर जमिनमुनिको पानीलाई बचाउन योजनावद्व काम गर्न आवश्यक रहेको उनको तर्क थियो ।

कार्यक्रममा खानेपानी संस्थानका महाप्रवन्धक अजयबाबु ढकालले पानी सबैलाई चाहिने तर पानी बचाउन कसैले ध्यान नदिने प्रवृति घातक सावित हुने स्थितिमा पुगिरहेको बताए । वर्षाको पानी जम्मा गरेर पनि धेरै ठाँउमा पानीको आपुर्ती भइरहेको दृष्टान्त सुनाउदै ढकालले पानी प्रति हरेक नागरिक सचेत र संवेदनशिल हुन आवश्यक रहेको बताए । हामिसंग प्राकृतिक रुपमै पानी छ तर पानीलाई ल्याउन, प्रसोधन गर्न सुद्व बनाउन तथा घर घर पुरयाउन खर्च लाग्छ तसर्थ पानी निशुल्क असम्भव रहेको उनको कथन थियो ।

सो अवसरमा जनकपुरधामका प्रमुख मनोज कुमार साहले अव कमलाको पानी जनकपुरधाम ल्याउनुपर्ने बताए भने कर्मचारी संघका अध्यक्ष केदार धमलाले सबै मिलेर पानीको भविष्यगत योजना बनाउन आवश्यक रहेको बताए । उनले आजै सुधार गरिए मात्र ३० वर्ष पनि प्रतिफल भेटने संवेदनशिल विषयमा सचेतना आवश्यक रहेको सुनाए । कार्यक्रममा संघका स्थानिय अगुवा अजय कुमार प्रसाद मिन्टुले सहजीकरण गरेका थिए भन्ने ई. शिरिषराज भण्डारी, ई.राकेश गोइतले मधेशको प्रादेशिक खानेपानीको अवस्था र चुनौती विषयमा र संस्थानका ईन्जिनियरिङ्ग महाशाखा प्रमुख निरण महर्जनले राष्ट्रिय स्तरको कार्यपत्र प्रस्तुत गरेका थिए ।