एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ७ : २०७८ को जनगणना अनुसार मधेश प्रदेशको जनसंख्या करिव ६२ लाख छन् । जनसंख्याको चाप, छिमेकी भारतसंगको खुल्ला सिमाना, वैदेशिक रोजगारका कारण अभिभावक विहिनताको अवस्थामा मधेशमा अपराध बढदै जाँदा अपुग प्रहरी संख्याका कारण शान्ति सुरक्षा प्रदान गर्ने सुरक्षा निकायहरुलाई धौ धौ पर्ने गरेको छ ।

यस्तो छ मधेशमा अपराधका विवरण

मधेश प्रदेश प्रहरीका अनुसार यहाँ सबै भन्दा बढि मुद्दा दर्ता हुने अपराध हो लागुऔषध ओसारपसार । प्रहरीमा अत्याधिक मुद्दा दर्ता हुने संख्याका आधारमा मधेशमा तपसिलका शिर्षकमा अपराधहरु बढिरहेको देखिन्छ ।

लागुऔषध : वितेका पछिल्लो दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा यस शिर्षकका अपराधमा प्रहरीमा दर्ता भएका मुद्दाहरुको संख्या क्रमश ९ सय ३७, ७ सय ९७ र ४ सय ७५ रहेका छन् ।

आर्थिक अपराध (बैंकिङ्ग कसुर) : यस शिर्षकको अपराधमा वितेका पछिल्लो दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा प्रहरीमा दर्ता भएका मुद्दाहरुको संख्या क्रमश ९ सय २७, ७ सय ९७ र ४ सय ७५ रहेका छन् ।

आत्महत्या (झुन्डिएर मृत्यु) : यस शिर्षकमा वितेका पछिल्लो दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा प्रहरीमा दर्ता भएका मुद्दाहरुको संख्या क्रमश ९ सय ३४, ११ सय ४ र ८ सय २० रहेका छन् ।

चोरी डकैती : यस शिर्षकको अपराधमा वितेका पछिल्लो दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा प्रहरीमा दर्ता भएका मुद्दाहरुको संख्या क्रमश ६ सय ७७, ५ सय १५ र ३ सय २७ रहेका छन् ।

सवारी ज्यान : यस शिर्षकको अपराधमा वितेका पछिल्लो दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा प्रहरीमा दर्ता भएका मुद्दाहरुको संख्या क्रमश ४ सय ८६, ४ सय ५१ र ३ सय ५९ रहेका छन् ।

बलात्कार : यस शिर्षकको अपराधमा वितेका पछिल्लो दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा प्रहरीमा दर्ता भएका मुद्दाहरुको संख्या क्रमश ३ सय २१, ३ सय १५ र २ सय २८ रहेका छन् ।

कर्तव्य ज्यान : यस शिर्षकको अपराधमा वितेका पछिल्लो दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा प्रहरीमा दर्ता भएका मुद्दाहरुको संख्या क्रमश १ सय ८, १ सय २५ र ७४ रहेका छन् ।

समग्रमा पछिल्लो तिन वर्षमा मधेशमा विभिन्न प्रकृतीका अपराधिक घटनाहरुमा प्रहरीमा मुद्दा दर्ता भएको मुद्दाहरुको संख्या क्रमश ९८४४, ९६२० र ७४२७ रहेको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी ना यव महानिरिक्षक उमा प्रसाद चतुर्वेदीले बताए ।

पर्सा पहिलो, धनुषा दोस्रो

डिआईजी चतुर्वेदीका अनुसार मुद्दाहरुको संख्याको आधारमा मधेशको सबै भन्दा बढि अपराध हुने जिल्ला पर्सा र दोस्रो स्थानमा धनुषा छन् । तेस्रो र चौथो स्थानमा सिरहा र बाराको प्रतिस्पर्धा चलिरहने र तलमाथी भइरहने हुन्छ । छिमेकी मुलुक भारतसंगको खुल्ला सिमाका कारण यस प्रदेशमा अवैध तस्करी र ओसारपसार हुने गरेको छ ।

मधेश प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा १४ अर्व ७९ करोड ८४ लाख २ हजार छ सय एक र चालु आर्थिक वर्षको बैशाख सम्ममा ११ अर्व ७० करोड, ७६ लाख छ हजार ९ सय ५३ रुपैया बराबरको अवैध सरसमान बरामद गरिएको छ ।

अपराध नियन्त्रणमा काम गर्ने प्रहरीको मधेशमा उपस्थिती

करिव ६२ लाख जनताको सेवाका लागि मधेश प्रदेशमा हाल नेपाल प्रहरीको संख्या जम्मा १० हजार ७ मात्र छन त्यसमा पनि हाल कार्यरत प्रहरीहरुको कुल संख्या ९ हजार १ सय ६५ मात्र रहेको छ । देशको नेपाल प्रहरीको कुल संख्याको १२÷१३ प्रतिशत मात्र महिला प्रहरी रहेको अवस्थामा झन मधेशमा २ देखि ३ प्रतिशत मात्र छन् । मधेश प्रदेशमा महिला प्रहरीको संख्या २ सय ९३ मात्र रहेको जनाइएको छ । कारण, पहाडमुलकी महिला प्रहरी मधेश प्रदेशमा काम गर्न आउन नमान्ने र संगठनमा मधेशी महिलाको संख्या न्युन रहेको छ ।

मधेशमा नेपाल प्रहरीको ४ सय एक्टिभ र अन्य मातहत गरि कुल ५ सय ३५ युनिटहरु रहेकोमा २ सय ४१ को आफनै जग्गा र भवन, ३९ को जग्गा छ तर भवन छैन, १८ युनिट भाँडामा छन भने ७९ युनिट अन्य निकायमा बसिरहेको बताइएको छ । बुधवार सञ्चारकर्मीहरु संगको कुराकानीमा मधेश प्रदेशका विभागिय गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले झोपडी र त्रिपालमा बसेर कुन आत्मबलले प्रहरी शान्ति सुरक्षा कायम गर्ने ? प्रश्न गर्दै अगामि बजेटमा मन्त्रालयको बजेट बढाएर प्रहरीमा लगानी गर्न लागेको बताए ।

मधेश प्रदेश प्रहरीले चालु आर्थिक वर्षमा फरार रहेको कुल ३१ ह्जार ९ सय २४ अभियुक्त मध्ये ४ हजार ४ सय ९६ लाई पक्राउ गरिएको र छ सय ७५ लाई कैद असुलउपर गराएको मधेश प्रदेश प्रहरी प्रमुख चतुर्वेदीको भनाई छ । यद्यपि अदालतहरुमा लागतकट्टा नगर्दा फरारकै सुचिमा नाम देखाइरहने भएकाले फरारको वास्तविक संख्या कम हुन सक्ने प्रहरीको भनाई छ ।