एसपि रिपोर्टर
काठमाणडौँ, जेठ ३ : नेपाल सरकारले कतार सरकारलाई चाँडै हात्ती पठाउने तयारी गरिरहेको जनाइएको छ । यसका लागि नेपालले हात्तीको विषयमा जेठ महिनाभित्रै दूतावासमा पत्राचार गर्ने वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले कतारलाई उपहार स्वरुप हात्ती पठाउने भएको हो ।वनमन्त्री ऐनबहादुर शाही ठकुरी र कतारका विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगो व्यवस्थापन सम्बन्धी विशेष दूत एवं उपमन्त्री बदर उमर अल दफाबीच शनिबार (जेठ ३) भएको भेटवार्तामा नेपालले यसबारे जानकारी दिएको हो ।नेपालले आयोजना गरेको प्रथम संस्करणको ‘सगरमाथा संवाद २०२५’ को अवसरमा वनमन्त्री शाही र कतारका विशेष दूत अल दफाबीच भेट भएको हो । भेटमा मन्त्री शाहीले प्रदूषण नियन्त्रणमा नेपालले दीर्घकालीन चुनौतीको सामना गरिरहेको बताए । साथै, उनले कतारसँग नेपाल जलवायु परिवर्तन, वन तथा वातावरणसम्बन्धी प्रविधि जस्ता विषयमा सहकार्य गर्न इच्छुक भएको समेत बतााए ।जेठ २ देखि सुरु भएको सगरमाथा संवाद ३ गते सम्पन्न हुँदैछ । नेपालले ‘जलवायु परिवर्तन, पर्वत र मावन भविष्य’ विषयमा बृहत् छलफल गर्दैछ । जहाँ १२ देशका मन्त्रिस्तरिय प्रतिनिधि र करिब ४० देशका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् ।