एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख ३० : केहि दिन अगाडि पुर्व निर्माण व्यवसायी, समाजसेवी र हाल जसपाका नेता बलराम महतोको नाम जोडेर पक्राउ पुर्जी जारी भएपछि महतो फरार भने चर्चा चल्दा महतो तनावमा परि अस्वस्थ बने । कारण थियो उनकै अति निकटका एक युवा निर्माण व्यवसायी सन्तोष कुमार यादवले करौडौं रकम महतोले दिन नमानेको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा र प्रहरी गुहारेका रहेछन् ।
जबकि महतो हाल रमण कन्सट्रक्शनका सञ्चालक र आधिकारिक जिम्मेवार व्यक्ति पनि नरहेको दावी महतोको छ । उनीहरुका अनुसार जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडनु अगावै महतो आफनो व्यवसायीक र्फम रमण कन्सट्रक्शनको सम्पुर्ण अभिभारा दुईजना छोराहरुलाई आधिकारिक रुपमै हस्तान्तरण गरिसकेका छन् ।
तर त्यसपछि घटना सम्बन्धमा गत बैशाख १९ गते उच्च अदालत जनकपुरधामले महतोलाई पक्राउ गर्न नहुने कारण सहित आदेश मात्र दिएन सोहि समस्या र विवाद संग सम्बन्धित अन्य फर्जीकाम समेत भएको दाबी सहितको मुद्दा अदालतमा बिचाराधिन रहेको रहस्य खोलिदिएपछि महतोले राहत महशुस गरे । महतो आफना बारेमा अचानक आएको खबरमा आश्चर्य र तनावमा पर्नुको कारण थियो सन्तोष संगको विगतको उनको एकदमै घनिष्ठ सम्बन्ध र एकाएकको वर्तमान प्रहार ।
उच्च अदालतको पछिल्लो आदेश र तथ्य

गत बैशाख १९ गतेको उच्च अदालतको आदेशले बैंक स्टेटमेन्ट सहितको मिशिलका अनुसार ईन्फास्टक्चर एस एण्ड बि बिल्र्डस प्रा.ली.का सञ्चालक सन्तोष यादवले २०२१/१०/१० मा तिन करोड दश लाख भुक्तानी पाइसकेको, २०२१/१०/१० चेकको मितिलाई आफैले २०२४/१०/१० (१ लाई ४ ) बनाएर किर्ते गरि पुनः भुक्तानी मांग गरेको सम्बन्धमा जिल्ला अदालत धनुषामै अर्को मुद्दा बिचाराधिन रहेकाले विपक्षी महतोलाई पक्राउ गर्नुपर्ने कारण नरहेको भन्दै पक्राउ नर्गन नगराउन अन्तिरम आदेश दिइएको छ ।
म मेयरकै निर्वाचनका बेला निर्माण व्यवसायको सम्पुर्ण अभिभारा छोराहरुलाई नै सुम्पिसकेको थिए, महतो भन्छन, ‘सन्तोष संगको हरहिसावमा कम्पनीका हालका जिम्मेवार मेरा छोराहरुसंग छलफल कुराकानी हुदै थियो तर जुन किशिमले चोरबाटोबाट मलाई पक्राउ गराउने असफल योजना बनाउदै बदनाम गर्ने षडयन्त्र भयो मलाई आश्चर्य लाग्यो ।’ उच्च अदालतको पछिल्लो आदेश हेर्ने हो भन्ने सन्तोषले गलत चेक मिति (किर्ते) गरेर उल्टै महतोलाई पक्राउ गर्न लगाएर बदनाम गरेर आफनो काम निकाल्ने योजना तहत यो काम गरेको आरोप महतोको छ ।
महतोले आफु विरुद्व अचानक षडयन्त्र भएर पक्राउ हुने जानकारी पाउँदा आफु तनावमा आएर समान्य अस्वस्थ भएको र उहिलेका पुराना हिसावका कागजातहरु खोज्न व्यस्त हुँदा केहि दिन सम्र्पक विहिन भएको बताउदै कतै नभागेको बताए । हामि संग हरेक प्रमाण छ, हरेक कागज र हिसाव छ, पेटी कन्ट्रयाक्टमा काम लिने तर सम्पन्न नगर्ने कामहरु भएकाले हिसावहरु अलमल भएर समस्या भएको उनले बताए ।
तर जुन किशिमले मेरो उकास्दिै गएको राजनीति यात्रा र व्यक्तित्वलाई बदनाम गराउने षडयन्त्र भयो, बलराम महतो फरार सहितका समाचारहरु आए मलाई दुःख छ, महतोले भने । पार्टीले मेरो छविलाई बिश्वास गरि लेखा समिति संयोजक बनाएपछि आफु धेरैको नजरमा परेको र पछिल्लो घटना आफु विरुद्वको षडयन्त्र नै पनि हुन सक्ने उनको आशंका छ ।
महतोकै सहयोगीका रुपमा पेटी कन्ट्रयाक्टको काम गर्दै युवा निर्माण व्यवसायीको रुपमा पहिचान बनाएका सन्तोषले आफनो करोडौं पैसा वाँकी बक्यौता दिन नमानेको आरोप सहित प्रहरीमा पुगेपछि उनीहरु बिचको बिबाद बाहिरएको छ । महतो तथा युवा निर्माण व्यवसायी यादव बिच विगतमा राम्रो सम्बन्ध थियो । एक अर्कालाई बुवा छोरा सरहकै श्रद्धा सहित काका भतिजा भनेर सम्बोधन हुने यि दुईजना बिचमा लामो व्यवसायीक सहयात्रा समेत रहेको छ । महतोकै आर्शिवाद र सहयोगमा व्यवसाय बढाउदै गएका सन्तोष पछि उनका छोराहरुसंग मिलेर एक अर्व भन्दा बढिको करिव ६ आयोजना प्याकेजमै जेभीमा लिएर काम गर्न थाले ।

सन्तोष कुमार यादव
सन्तोषले जे भी र पेटीमा न्युन्तम रकम (बिलो) मा काम लिएर गर्न नसकेर कामहरु छोडदै गएपछि रमण कन्सट्रक्शनका हालका कर्ताधर्ता महतोका छोराहरुसंग सम्बन्ध र हिसाव बिग्रदै गएको बताइन्छ । सन्तोषले बिचमै छोडिएका ति कामहरु रमण कन्सट्रक्शनले लिड पार्टी कम्पनीको नाताले घाटा खाएरै भएपनि गरिरहेकै अवस्थामा गलत कागजात प्रयोग गरेर जालसाजी गरि बदनाम गर्ने काम गरेको महतो पक्षको दावी छ ।
जनकपुरधामको मेयरको निर्वाचनमा लोकप्रियता हासिल भएपनि अपेक्षित परिणाम आउन नसकेपछि महतो जसपा नेपालमा प्रवेश गरि राजनीतिक सक्रियता बढाए । महतो जसपाको हरेक मुख्य भेला, बैठक, शिर्षतहको छलफल र आन्तिरक निर्णयहरुमा सहभागि हुन थालेका महतोलाई अन्तत ः पार्टीको महाधिवेशन पछि लेखा समिति संयोजकको जिम्मेवारी दिइयो । त्यस्को केहि महिना नबित्दै तिनै सन्तोषले महतो विरुद्व उजुरी दिएर एकाएक महतोलाई पक्राउ गराउने गरि जिल्ला प्रहरी धनुषाबाट पक्राउ पुरी जारी गर्न लगाएपछि महतोले आफुलाई बदनाम गर्ने र व्यवासायीक स्वार्थ पुरागर्ने षडयन्त्रका रुपमा लिएका छन् ।
महतो पक्षले आफुहरु हरेक कागजात र हिसाव सहितको प्रमाणका आधारमा न्यायिक उपचारमा जाने बताइरहेको छ भने सन्तोष यादवले आफुले काम गरेको र खर्च भएकाले पैसा पाउनुपर्ने दावी गरिरहेका छन् । यस बारेमा सन्तोषसंग सम्पर्क गर्न खोज्दा सम्भव हुन सकेन ।





