एसपि रिपोर्टर
काठमाणडौं, बैशाख २५ :नेपाल भारत सीमाक्षेत्र रक्सौलबाट ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार रक्सौल नाकाबाट अवैध रूपमा भारत छिर्ने प्रयासमा रहेका चार संदिग्धलाई नियन्त्रणमा लिइएको हो । उनीहरूको अहिले बयान लिने काम भइरहेको छ । तर उनीहरूले आफ्नो बयान पटक पटक बदलिरहेको भारतीय मिडियाहरूको दाबी छ ।पक्राउ परेकाहरू नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषा बोल्नमा पोक्त रहेको बताइएको छ । सुरक्षा एजेन्सीको हवाला दिँदै आजतकले लेखेको छ ।उनीहरूको सम्बन्ध पाकिस्तानसँग छ । पाकिस्तानका एक युवासँग उनीहरूले कुरा गरेका छन् । उनीहरू गत हप्ता काठमाडौंमा रहेको पनि दाबी गरिएको छ ।अपरेशन सिन्दूरपछि रक्सौल लगायत नेपाल भारत सीमा क्षेत्रमा कडा निगरानी बढाइएको छ ।


