एसपि रिपोर्टर
काठमाणडौं, बैशाख २४ : बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ ।

केद्र सरकारले एक विज्ञप्ति जारी गर्दै ९ ठाउँमा एअर स्ट्राइक गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी मारिएको दाबी गरेका छन् ।यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ ।अहिलेसम्म कति मानवीय क्षति भयो भन्ने आधिकारिक रुपमा कतै पुष्टि भइसकेको छैन । १९७१ मा पाकिस्तानमा गरिएको आक्रमणपछि पहिलोपटक भारतका तीनै तहका सुरक्षा निकायले संयुक्त रुपमा काम गरिरहेका छन् । जसमा भारतीय सेना, नेभी र एअरफोर्स रहेका छन् ।

चीफ अफ डिफेन्स स्टाफ अनिल चौहानले दिल्लीमा रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् । भेटमा सुरक्षाका विषयमा चर्चा भएको थियो ।