एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २० : बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । अध्यक्ष पुरन साहको नेतृत्वमा यस अवसरमा शनिवार आयोजित प्रभात फेरी, पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान जिवनदान कार्यक्रम भब्यतापुर्वक सन्पन्न भएको छ ।

पाँच दर्जन भन्दा बढि पत्रकारहरुको भब्य सहभागितामा प्रभातफेरी महासंघबाट विहान ७ बजे सुरु भई रामचौक, जानकी मन्दिर, जनकचौक हुदै मधेश सरकारको स्वास्थ्य प्रयोगशालामा पुगेर स्वास्थ्य शिविरमा परिणत भएको थियो । शिविरमा बिएमआई, मधुमेह, उच्च रक्तचाप, हमोग्लोविन, मृगौलाको परिक्षण, महिला पत्रकारहरुका लागि पाठेघरको मुखको स्क्रिनिङ्ग सहित नशर्ने रोगहरुको निशुल्क उपचार गरिएको छ ।

सो अवसरमा पाँज दर्जन भन्दा बढि पत्रकारहरु सहभागि भएर सेवा लिएको र १२ जनाले रक्तदान जिवनदानमा भाग समेत लिएको हो । पत्रकार निडर, निर्भिक हुनपर्ने र त्यसका लागि स्वस्थ्य रहनु आवश्यक भएकाले महासंघ धनुषाले अव हरेक वर्ष कुनै सन्दर्भ पारेर पत्रकारहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने पनि अध्यक्ष साहले जानकारी गराएका छन् ।