एसपी रिपोर्टर
काठमाणडौं, बैशाख १८ : नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ। निगमको निर्णयअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेल १ रुपैयाँ, हवाई इन्धन ४ रुपैयाँ र एलपी ग्यास प्रति सिलिन्डर १५ रुपैयाँले घटाइएको हो।नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा १५५ रुपैयाँ, डिजेल र मट्टीतेल १४२ रुपैयाँ , दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ । मूल्य वर्गीकरणअनुसार देशका विभिन्न क्षेत्रका लागि फरक दर तोकिएको छ।