एसपी रिपोर्टर
काठमाणडौं , बैशाख १७ : भारतको कोलकातास्थित ऋतुराज होटलमा मंगलवार साँझ भएको भीषण आगलागीमा दुई बालबालिका र एक महिलासहित १५ जनाको मृत्यु भएको छ। आगलागीका बेला केही मानिस झ्याल र छतबाट भागेर ज्यान जोगाउन सफल भएका छन्।

प्रहरीका अनुसार होटल ग्यास च्याम्बरमा परिणत भएपछि अधिकांशको निस्सासिएर मृत्यु भएको हो। एक दर्जनभन्दा बढी घाइते भएका छन्।कोलकाताको भीडभाड क्षेत्रस्थित यो होटलमा आगलागी हुँदा ८८ जना पाहुना थिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति समवेदना व्यक्त गरेका छन्।