एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १५ :
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आतंकवाद, पाकिस्तानी सेना प्रमुख र पाकिस्तान विरुद्व प्रदर्शन भएको छ । नेपाल भारत खुल्ला सिमा संवाद समुह र शहिद संजय चौधरी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रदर्शनमा आतंकवादीहरुले छानी छानी हिन्दुहरुलाई मात्र गोली दागेको, पाकिस्तानी सेना प्रमुखले हिन्दु मुस्लिम विच द्वन्द्व फैलने अभिव्यक्ति दिएको केहि दिनमै घटना भएको सहितका तर्क गर्दै पाकिस्तान र पाकिस्तानी सेना प्रमुखको विरुद्व प्रदर्शन गर्नुका साथै सेना प्रमुखको पुत्ला समेत दहन गरको छ ।

प्रदर्शनका अगुवा संवाद समुहका अध्यक्ष राजिव झाले पाकिस्तानी सेना प्रमुखले गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा छानी छानी हिन्दुहरुलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुख विरुद्व पनि प्रदर्शन केन्द्रित रहेको बताए । झा राष्ट्रिय मुक्ति पार्टीका नेता पनि हुन ।

प्रदर्शनमा सहभागिहरुले आतंकवाद कुनै पनि हालतमा कसैका लागि पनि हितकर नभएकाले आतंकवाद विरुद्व सबै एक हुनपर्ने र आतंकवादीलाई साथ दिनेलाई सबै मिलेर विरोध गर्नुपर्ने बताए । आतंकवादले नेपालका सपुत पनि अनाहकमा मारिएको भन्दै उनीहरु आफुहरु विरोध गरेको बताए । प्रदर्शनमा मुस्लिम समुदायका अगुवा र युवाहरु पनि सहभागि थिए । उनीहरुले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रसय दिनेको विरोधमा उत्रन आवश्यक रहेको बताउदै आक्रोस व्यक्त गरे ।

प्रदर्शनमा विभिन्न ठाँउहरुबाट युवाहरुको समुह पनि कश्मिरमा मारिएका नेपाली सन्दिप न्यौपानेको न्याय र क्षतिर्पुीको मांग तथा आतंकवादको विरोध सहित सहभागि भएका हुन ।