एसपी रिपोर्टर
काठमाणडौँ, वैशाख १०
: नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार तोलाको १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ।

यसअनुसार, बुधबार १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार २३५ रुपैयाँ निर्धारण गरिएको छ।चाँदीको मूल्य पनि केही घटेको छ। मंगलबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कायम भएको छ।