एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २७ : गत चैत्त १५ गते आगोमा जलाएर हत्या गरिएका पत्रकार सुरेश रजक प्रति जनकपुरधाममा दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय, प्रदेश र जिल्लाका पदाधिकारी, सदस्य र स्थानिय पत्रकारहरुले एक साथ स्व. रजकको १३ औं पुण्यतिथीको अवसरमा बुधवार जनकपुरधामको जनकचौकमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली सभा गरेको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष दिपक आर्चायले पत्रकार महासंघको आन्दोलन स्व. रजकलाई सम्मानजनक न्याय नमिले सम्म नरोकिने बताएका छन् । पत्रकार जिउदै जलाएर मार्ने घण्टाले आन्दोलनकारी र राज्यको सुरक्षा व्यवस्थालाई उदांगो पारिदिएको बताउदै आचार्यले देशव्यापि रुपमा घोषित थप विरोधका कार्यक्रमहरु सफल बनाउन आग्रह गरेका छन् ।

सो अवसरमा महासंघका मधेश अध्यक्ष श्याम बञ्जाराले पत्रकारहरु आन्दोनलकारी र राज्य दुवैको निशानामा पर्न थालेको तर्फ सचेत गराँउदै एक भएर अगाडि बढन पत्रकार जगतलाई आग्रह गरेका छन् । एकता छ त सबैथोक छ भन्दै बञ्जाराले देशै भरि विरोधका स्वर बुलन्द पार्दै रजकको न्यायका लागि एकवद्व हुनुपर्ने बताए ।
सो अवसरमा महासंघका केन्द्रिय सचिव प्रकाश धौलाकोटी, लेखा समिति संयोजक केसी लामिक्षाने, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, वरिष्ठ पत्रकार बिएम खनाल सहित महासंघ मधेश र धनुषाका पदाधिकारीहरुका साथै जनकपुरधामका पत्रकारहरुको सहभागिता थियो ।
यस्तो छ, महासंघले सार्वजानिक गरेका थप विरोधका कार्यक्रमहरु

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले माइतीघर मण्डलामा श्रद्धाञ्जली सभा गर्नुका साथै दीप प्रज्वलन समेत गरेको छ।



