एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ : जनकपुरधामको चर्चित श्री महाविर युवा कमिटिको अध्यक्षमा दिपक साह मिन्टु निर्वाचित भएका छन् । शनिवार तिन बजे सम्म भएको मतदानमा कुल ४ सय ७ मतदाता मध्ये ३ सय ४० मत खसेकोमा विजयी भएका दिपक साह मिन्टु १ सय ७१ र उपविजेता दिपनारायण साह १ सय ६७ मत प्राप्त गरेका छन् । उनीहरु बिचको जित र हारमा मात्र चार मतको मतान्तर छ ।
त्यसै गरि उपाध्यक्षमा अनिल कुमार साह विजयी भएका छन् । उनले २ सय १६ सर्वाधिक मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी रञ्जित कुमार साह १ सय ११ र सतिश चन्द्र साह १२ मत पाएका छन् । महासचिवमा भरत कुमार साहले बाजी मारेका छन् । उनले १ सय ५५ ल्याउँदा रञ्जन जयसवाल १ सय ११ र सन्तोष कुमार साह ७१ मत प्राप्त गरेका छन् ।
सचिवमा १ सय ५५ मत सहित प्रदिप कुमार साह विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी मनोज कुमार भगतले १ सय ८ मत र मुन्ना कुमार नागवंशी ७५ मत ल्याएका छन् । कोषाध्यक्षमा अनिल कुमार प्रसाद पण्डा जी २ सय २६ मत पाएर निर्वाचित भएका छन भने उनका प्रतिस्पर्धी नितेश जयसवाल १ सय १४ मत प्राप्त गरेका हुन ।
पाँच पदाधिकारी र ६ कार्यकारी सदस्य सहित कुल ११ सदस्सीय कार्यसमितिका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा थिए । अध्यक्षमा दुई, उपाध्यक्षमा तिन, महासचिवमा तिन, सचिवमा २, कोषाध्यक्षमा दुई र ६ सदस्यका लागि ८ जना उम्मेदवार बनेका थिए । जनकपुरधामको प्रसिद्व श्री राम र श्री राजदेवी मन्दिरको व्यवस्थापन सहितको सम्पुर्ण अभिभारा कमिटिको जिम्मामा रहेको छ ।
चर्चा अनुसार अध्यक्ष पदमा चर्चा भएर पनि अन्तिम समयमा उम्मेदवारीबाट पछि हटेका महेश साह र दिलिप साहको समर्थनले मतपरिणामलाई प्रभावित बनाएको छ । मात्र चार मतान्तरले अध्यक्षमा निर्वाचित मिन्टुलाई त्यसले अधिक फाईदा भएको देखिन्छ । बुथमा भइरहेको कानेखुसी अनुसार मिन्टुलाई अधिकांश कांग्रेसीहरुको समर्थन थियो ।


