एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ : जनकपुरधामको श्री महाविर युवा कमिटिको नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । कुल ४ सय ७ मतदाता रहेको कमिटिको मतदानमा समाचार तयार पार्दा सम्म डेढ बजे सम्म करिव डेढसयले मतदान गरेका छन् ।
पाँच पदाधिकारी र ६ कार्यकारी सदस्य सहित कुल ११ सदस्सीय कार्यसमितिका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अध्यक्षमा दुई, उपाध्यक्षमा तिन, महासचिवमा तिन, सचिवमा २, कोषाध्यक्षमा दुई र ६ सदस्यका लागि ८ जना उम्मेदवार छन् ।

अध्यक्षमा दिपनारायण साह र दिपक कुमार साह मिन्टु उम्मेदवार छन भने महासचिवमा सन्तोष साह, रञ्जन जयसवाल र भरत साह उम्मेदवार छन् । बुथमा भइरहेको चर्चा अनुसार अध्यक्ष पदमा चर्चा भएर पनि अन्तिम समयमा उम्मेदवारीबाट पछि हटेका महेश साह र दिलिप साहको समर्थनले मतपरिणामलाई प्रभावित गर्न सक्ने अनुमान छ ।

निर्वाचन अधिकृत पुर्व अध्यक्ष समेत रहेका बिश्वनाथ साहका अनुसार ३ बजे सम्म मतदान हुने र आजै साँझ मतगणना भएर अन्तिम मतपरिणाम सार्वजानिक गरिने छ ।







