एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ :
मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो तिन दिवसीय अन्तराष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । सम्वाद फाउण्डेशनको आयोजनामा भएको महोत्सवको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले समुदघाटन गरेका छन् । सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामको कला संस्कृति पुरानो रहेको भन्दै यसको प्रचारप्रसार भए पर्यटक बढ्ने र यसले प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने भन्दै सोहि आधारित चलचित्र र डक्युमेन्ट्री बन्नु पर्ने बताए ।

उनले समाज परिवर्तनमा सिनेमा समेत प्रभावकारी माध्यम भएको भन्दै यस प्रकारको महोत्सवले मिथिलाको कला संस्कृतिलाई बिश्व बजारमा पु¥याउनमा मद्दत पुग्ने बताए । कार्यक्रममा पूर्व संघिय मन्त्री जुली महतोले जनकपुरधामको बिश्वमा छुट्टैै पहिचान भएको भन्दै यहाँको कला संस्कृतिको साथसाथै यसको गरिमा धेरै महत्त्वपूर्ण रहेकाले त्यस्तै गरिमा झल्कने स्तरीय चलचित्रहरु बनाउन आग्रह गरे ।

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकुमार यादव, प्रदेश सांसद तथा पुर्वमन्त्री रामसरोज यादव, दिपेन्द्र ठाकुर सहितका वक्ताहरुले नेपाली फिल्मलाई समेत विश्व बजारमा पु¥याउनका निमित यस प्रकारको महोत्सवको आवश्यकता रहेको भन्दै धार्मिक, सांस्कृतिक र परम्पराहरुलाई सिनेमाका माध्यमबाट विश्व समुदायलाई देखाउन सकिने तर्फ अग्रसर हुन निर्माता र फिल्मकर्मीहरुलाई आग्रह गरे ।

विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष ज्योतसना साउदले सिनेमा समाजको चित्र देखाउने सबै भन्दा सशक्त माध्यम भएको भन्दै यो महोत्सवले सिनेमा उद्योगलाई नयाँ उचाइमा पुर्याउने बताईन् । संवाद फाउण्डेसनका अध्यक्ष कुमार भास्करले नेपाली र क्षेत्रीय चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवद्र्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताएका थिए । कार्यक्रममा मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी सहितकाले महोत्सवको सफललताका लागि शुभकामना व्यक्त गर्दै कोषको भवन सदुपयोगका लागि प्रदेश सरकारलाई समेत आह्वान गरेका छन् । सोहि भवनमा तीन दिन सम्म चल्ने उक्त महोत्सवमा दस विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शनको तयारी छ ।