एसपी रिपोर्टर
जनकपुरधाम, असोज २५ :
जनकपुरधाम, मिथिला र मधेश मात्र नभई भारत विहार र युपिका हिन्दुहरु समेत आस्था र मनोकामना पुरा हुने वा भएको भन्दै जनकपुरधामको मुख्य शक्तिपिठ माँ राजदेवी मन्दिरमा भाकल (बोकाबलि) प्रदान गर्न आउने गर्दछन ।

श्री महाविर युवा कमिटिका अनुसार वडादशैं २०८१ मा १५ हजार चार बोकाबलि प्रदान भएको छ । यस वर्ष रसिद काटेर १४ हजार ६ सय ५२, कमिटिका ९, निशुल्क २ सय ५० र विभिन्न पत्रको आधारमा ९३ गरि कुल १५ हजार ४ बोकाबलि प्रदान भएको हो ।

विगत २०६५ देखि हाल २०८१ सम्मको बोकाबलि प्रदान भएको वार्षिक तथ्याङ्क हेर्दा आस्थामा कुनै कमि नभएको देखिन्छ । हुन त आधुनिकता संगै बलिप्रथाको विरोधका स्वरहरु नउठेको होइन यद्यपि माता राजदेवी प्रतिको आस्थामा हुनै कमि नभई बढदै गएको तथ्याङ्कके देखाउछ ।

तथ्याङ्क हेर्दा २०७१ सालमा सबै भन्दा बढि १५ हजार ४ सय ६१, गत वर्ष २०८० मा सर्वाधिक दोस्रो १५ हजार २ सय ५१ र यस वर्ष १५ हजार ४ सर्वाधिक तेस्रो बोकाबलि प्रदान भएको हो ।

कमिटिका पुर्वअध्यक्षहरुले एउटै नम्वरका रसिद, कुल संख्या भन्दा बढि नम्वरको रसिदहरु समान्य मानविय त्रुटी भएको बताउदै दशमी जस्तो करिव आधा महिनाको उत्सव व्यवस्थापनमा एकआध त्रुटी स्वभाविक भएको र शंका खण्डनका प्रयाप्त आधार र तर्क कमिटिसंग रहेको बताएको छ ।

हेर्नोस २०६५ देखिको बोकाबलिको तथ्याङ्क

बर्ष बलिको संख्या

२०६५ ११,१३४

२०६६ १३,७९०

२०६७ १३,५५२

२०६८ १२,५६१

२०६९ १४,७५४

२०७० १४,७२१

२०७१ १५,४६१

२०७२ १३,८०१

२०७३ १४,६१७

२०७४ १२,४४७

२०७५ १४,९९७

२०७६ १४,६३३

२०७७ ११,३५६

२०७८ १४,९४१

२०८० १५,२५१

#जयमांँराजदेवी