एसपी रिपोर्टर
जनकपुरधाम, असोज १६ :
जनकपुरधामको मुख्य शक्तिपिठ माँ राजदेवी मन्दिरको व्यवस्थापन तथा हरेक वर्ष लाग्ने दशैं मेलाको आयोजक श्री महाविर युवा कमिटिले यस वर्ष पनि भब्य रुपमा दशमी मनाइने जस्का लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

https://www.facebook.com/spkhabarnepal/videos/567012799190079

मन्दिर प्राँगन स्थित कमिटिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कमिटिका अध्यक्ष अजय गुप्ताले विभिन्न दर्जनौं समितिहरु बनाएर मन्दिरमा हुने विधी, पुजापाठ सहित मेला र भिड व्यवस्थापनका लागि तयारी अन्तिम चरणमा रहेको बताएका छन् ।

दश वर्ष देखि बोकाबलीको टिकट दर दुई सय रहेकोमा यस वर्ष तिनसय कायम गरिएको जस्मा हरेक बोकाबलीका लागि आउने सम्पुर्ण श्रद्धालु र उनका परिवारजनलाई पनि निशुल्क भोजनको व्यवस्थापन गरिएको अध्यक्ष गुप्ताले बताए ।

विगतका वर्षहरु भन्दा पनि उत्कृष्ट सरसजावट र तयारीका साथ आफुहरु सक्रिय रहेको बताउदै उनले नेपालकै सबै भन्दा बढि भिडभाड हुने यो एतिहाँसिक मेला आफुहरुले ३४ वर्ष देखि आयोजन गर्दै आएको भएपनि अहिले सम्म कुनै पनि सरकारले सवामित्व ग्रह्ण गर्न नचाहिरहेको बताए ।

हामि सबै निशुल्क गरिदिन्छौं, उनले भने, ‘यत्रो मेलालाई सरकारले आफनो भन्न सकेको छैन, सबै दाता र माँ राजदेवीको आस्थाको महिमाले चलिरहेको छ, राज्य सहयोग गरोस हामि पैसा किन लिने ? ।’ जनकपुरधामको विशेषता र महत्व दर्शाउने रामनवमी, जानकी नवमी मेलाहरु लोप हुदै गएको अवस्थामा यस्तो भब्य दशमी मेला बचाउन सबैले सकारात्मक रुपमा सोच्नुपर्ने कमिटिको भनाई छ । हाम्रो भब्यता र सरसजावट हेरेर मधेशको अनेकौं स्थान र शक्तिपिठमा सोहि अनुसारको भब्यता थपिदै जानु सफलता रहेको उनीहरुको जिकिर छ ।

पत्रकार सम्मेलनमा महासचिव चन्दन नागवंशी र कोषाध्यक्ष चन्दन राज शर्मा, पुर्व अध्यक्ष विनोद चौधरीसहितको उपस्थिती थियो ।