एसपी रिपोर्टर
जनकपुरधाम, असोज १४ : देश प्रकृती विपदको परिस्थितीबाट गुज्रीरहेका बेला जनताको ढाँड सेक्ने गरि भाँडादरमा वृद्वि गरेको भन्दै जनकपुरधामका युवाहरु बुद्ध र एति एयरलायन्सको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । चार देखि ४५ सय सम्म रहेको जनकपुरधाम देखि काठमाण्डौं सम्मको भाँडादर बढाएर (दुईजनाको) दश देखि १२ हजार सम्म गरेपछि युवाहरु आक्रोस व्यक्त गर्न थालेका छन् ।
जनकपुरधामका युवा अभियन्ता सरोज कुमार मिश्रले फेसबुकमा स्टाटस लेख्दै भोली सम्म एयरलायन्स मानविय सेवाका लागि भएपनि भाँडा पुर्नसमायोजन नगरे पर्सी जनकपुरधाम स्थित दुवै एयरलायन्सको कार्यालयमा तालाबन्दी सहित दुर्वव्यवहारको समेत चेतावनी दिएका छन् ।
देशमा सैयौंको ज्यान जाने गरि भएको विपदामा पनि अन्य दिनमा कमाएर धनी भएका एयरलायन्सहरु यसरी मानविय रुपमा समेत संवेदनशिल हुन नसक्नु सरकारको लाचारी समेत रहेको उनीहरुको जिकिर छ । क्यान धनुषाका अध्यक्ष समेत रहेका शोभाकान्त गुड्डु पाण्डले पनि एयरलायन्सहरु जनताको मजबुरीको फाइदा उठाएर लुटनमा लागेको टिप्पनी समाजिक सञ्जालमा गरेका छन् ।
देशमै भाँडा वृद्विको विरोध भएपछि प्रधानमन्त्रीले गरेको अपिलको पनि कुनै सुनुवाई नगर्दै एयरलायन्स मनपरी भाँडा बढाएर उडान भर्न थालेका छन् ।







