एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ : कुनै पनि समाजमा सबैले अपनत्व महशुस नगरे सम्म समाज सफल र सबैको हो भन्ने प्रमाणित हुन सक्दैन । जनकपुरधामका बारेमा पनि बिभिन्न टिका टिप्पणी गर्नेहरु नभएको होइन । तर जनकपुरधाम उद्योग बाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनले ति सम्पूर्ण अफवाह हुन भन्ने प्रमाणित गरिदिएको छ ।
संघको मुख्य दुई पदमा अल्पसंख्यक समुदायका व्यापारीहरु सक्रियता, अग्रसरता र लोकप्रियताका कारण जित्नुले जनकपुरधाम समावेशितालाई अंगिकार गरेको स्पष्ट संकेत दिएको छ । संघको अध्यक्षमा निर्वाचित सुरेन्द्र भण्डारी हाल सम्म बनेका जनकपुरधामका करिव डेढ अर्जन अध्यक्षहरु मध्येका सबै भन्दा अल्पसंख्यक हुन ।
माली समुदायबाट प्रतिनिधीत्व गर्ने भण्डारीको एक जनसंख्या नै कम छ र व्यापारमा त झन सिमिति परिवार मात्र भेटिन्छ । उनीहरुको मुल पेशा फुल र माला बेच्नु भएपनि अहिले तिनै फुल र मालाको आधुनिक व्यापारहरु समेत फस्टाइरहेको छ । भण्डारी भने होटल व्यवसायी र राजनितिज्ञ हुन । उनी नेकपा एमालेका नगर कमिटी अध्यक्ष पनि हुन । कुनै पनि निर्वाचनमा राजनितिक दलहरुको सक्रियता स्वभाविक भएपनि भण्डारी एमाले पार्टीकै कारण निर्वाचित भएका हुन भन्ने कुरा कसैले स्वीकार्ने वातावरण छैन ।
भण्डारीको जितका आधारहरु

वरिष्ठ उपाध्यक्षमा पराजित भएदेखिनै व्यापारीहरुको सहानुभुति अर्जिरहेका थिए भण्डारी । संघबाट बाहिर रहेपनि व्यापारीहरुको पिडामा संघका पदाधिकारीहरु सरह अग्रपंक्तीमा रहने भण्डारी २०७८ सालको संघको निर्वाचनमा पनि वरिष्ठ उपाध्यक्ष पदमा लोकप्रिय र अति निकटम प्रतिस्पर्धीका रुपमा सावित भए । धैरेलाई उनको हार स्वभाविक लागेन र मतगणना देखि मतपरिणाम विवादित बन्यो । बिबाद अदालत सम्म पनि नपुगेको होइन । मतपेटिकाहरु मतपरिणाम पछि पनि धेरै दिन सम्म प्रहरीकै घेरामा राखियो र ति सबै प्रसंग भण्डारी प्रतिको सहानुभुतिको रुपमा परिणत हुदै थियो ।
कार्यकारी सदस्य देखि सचिव, महासचिव हुदै उपाध्यक्ष गरि तिन पटक लोकप्रिय मतका साथ संघमा जितेका भण्डारीको लोकप्रियता धेरैलाई राम्रो लागेको थिएन र २०७८ को निर्वाचमा उनलाई रोक्न राम्रो चुनावी क्याम्पियन भएकै हो । पराजित भएर पनि उनले व्यापारीको समस्यामा देखाएको अग्रसरताले आज उनी नेतृत्व हासिल गर्न सफल भएका छन् ।
यसपालिको निर्वाचनमा जो उनको मतदाता थिएन अर्थात उनका प्रतिस्पर्धी मनिष रमण साह र जितेन्द्र प्रसाद साहको समर्थक र मतदाता थिए उनीहरुले पनि भण्डारीको कुनै पनि खुल्ला विरोध गरेन । यद्यपि भण्डारीको जितको अर्को आधार हो एउटै पार्टी (कांग्रेस)का मानिने मनिष र जितेन्द्रको टकराव र उम्मेदवारी र केहि जातिहरुको आपसी टकराव पनि ।
एसपी खवर स्रोतले पाएको जानकारी अनुसार सुरेन्द्रले मनिष माने आफु पनि जितेन्द्रलाई अध्यक्षमा समर्थन गर्न तयार रहेको सन्देश दिएका थिए । तर मनिष पक्षले नमाने पछि जितेन्द्र आक्रोसित बने । यस अघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमै दुवैजनाको टक्कर भएकोमा मनिष र भण्डारीको पक्ष बिच विभिन्न प्रसंगमा पक्ष विपक्ष, समाजिक सञ्जाल सहितमा विवादहरु भएकोमा यसपालि शान्तिपुर्ण र सहज वातावरणमा निर्वाचन सफल हुनुले पनि भण्डारीलाई सहज भयो ।
फक्रिदै गएको अर्को समावेशी फुल ‘फुलदेव’

जउबासंघको मुख्य दुई पद नै हुन । हरेक विज्ञप्ती देखि निर्णयहरुमा अध्यक्ष र महासचिवको मुख्य भुमिका र अनिवार्य उपस्थिती तथा हस्ताक्षर चाहिन्छ । ति दुवै पदमा अल्पसंख्यक समुदायका व्यापारीले बाजी मारेका छन् । महासचिव पदमा जितेका फुलदेव पण्डित कुम्हार समुदायका हुन । ग्याँस व्यवसायी र हाल होटल व्यवसायीका रुपमा समेत परिचय बनाएका पण्डितको मुख्य विशेषता अरुलाई गरिने उनको व्यवहार नै हुन ।
संघको सदस्य, सचिव हुदै महासचिव जितेका पण्डितलाई पनि यहाँका बहुसंख्यक समुदायका व्यापारीहरुले सधै सहयोग गर्दै प्यानलमै राखेर जिताउदै आएको छ । कार्यकारी सदस्यमा पराजित भएपनि दलित समुदायका सुरेन्द्र दास सम्मानजनक ११ सय २८ मत ल्याउन सफल भएका छन् । यस अघि जनकपुरधाम नगरक्षेत्र धनुषाको ३ ‘ख’ बाटै एमालेका दिपेन्द्र ठाकुर पनि निर्वाचित भइसकेका छन् । यस्ले पनि जनकपुरधामको समाज समावेशितालाई सहर्ष स्वीकार गर्दै गएको स्पष्ट हुन्छ । समाजको हरेक संघ संस्थाहरुमा हरेक तह र तप्काबाट पनि अवसर र प्रतिनिधीत्व पाउनुपर्ने संघियताको मुलमर्म समावेशितालाई मधेश आन्दोलनको केन्द्र राजधानी जनकपुरधामले स्वीकार गर्दै गएको देखिन्छ ।
अन्त्यमा निर्वाचनको सम्पुर्ण मतपरिणाम







