एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २९ :
जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्व छान्न आज मतदान हुदैछ । जनकपुरधाम उपमहानगरपालिकाको सम्पुर्ण २५ वडाका मतदाता व्यापारीहरु मात्र सहभागि हुन पाउने नियम सहित यसपालि चुनाव हुदैछ तसर्थ यसलाई मेयरको चुनाव सरहको शक्ति र रणनिती तहत हेरिदैछ ।

जनकपुरको उद्योग बाणिज्य संघ नेपालकै विराटनगरपछिको दोस्रो पाको संस्था हो । यहाँका व्यापारी, समाजसेवी, अगुवा बुद्विजिवीहरु नेपालमा जनताको समेत सहभागिता भई राजनिति सुरु भएको बेला २००७ साल तिरकै दशकमा यस संघको स्थापना गरि दिएर पेशागत हक अधिकारका लागि बाटो देखाई दिएका हुन ।

यो संघ नेपालका व्यापारीहरुको केन्द्रिय छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ भन्दा पनि पुरानो संघ हो ।

जनकपुरधाम वडा नं. ५ र जउबासंघ

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ५ र संघको राम्रो सम्बन्ध । आज भइरहेको मतदानमा अध्यक्ष पदमा प्रत्यासी तिनैजना क्रमश जितेन्द्र प्रसाद साह, मनिष रमण साह र सुरेन्द्र भण्डारी वडा नं. ५ कै हुन । त्यती मात्र होइन निर्वाचन समिति अध्यक्ष ललित साह पनि सोहि वडा र एकै टोलका हुन । उनी संघको पुर्व अध्यक्ष पनि हुन ।

उनका आलावा सोहि वडाबाटै बजरंग प्रसाद साह पनि संघको नेतृत्व (अध्यक्ष) भएर जनकपुरधामको मेयर सम्म बनिसकेका छन् । आजका तिन अध्यक्ष प्रत्यासीको खुवै चर्चा छ । वडावासी पनि विभाजित छन् । निर्वाचन अधिकृत ललित साह पनि चर्चामै छन् ।