एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६ :
जनकपुरधामको मिल्स एरियामा हरेक वर्ष लाग्ने देवराज भगवान ईन्द्रदेवको पुजनोत्सवको अवसरमा यसपालि भब्य मेला लाग्ने भएको छ । श्री श्री १०८ श्री ईन्द्र पुजा सेवा समिति तथा नागरिक समाजका अध्यक्ष वरिष्ठ पत्रकार समेत रहेका मनोज कुमार साह क्रान्तिकारीले पत्रकार सम्मेलनको आयोजना गरि भदौ २९ गते शनिवार कदम पुजा देखि असोज ८ गते सम्मको कार्यक्रम सार्वजानिक गरेको छ ।

भर्खरै समाजका अध्यक्षमा निर्विरोध चयन भएका क्रान्तिकारीले समितिले मन्दिरका लागि जग्गा सुरक्षित गरेर आफनै नव निर्मित भवनमा देवी देवताको मुर्ती स्थापना सहित भब्य पुजा आराधना तथा मेला उत्सवको तयारी भइरहेको बताए । समितिका अन्य पदाधिकारी तथा सदस्यहरु, पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक र सल्लाहकार सहित पत्रकार सम्मेलन गरेका क्रान्तिकारीले समिति अधिनस्त हुने गरि सार्वजानिक जग्गा सुरक्षाको लागि भइरहेको प्रयास र समितिको दुर्गामी योजनाहरु बारे समेत प्रष्ट पारेका थिए ।

हेर्नोस भिडियो

https://www.facebook.com/spkhabarnepal/videos/3875291949357575

समितिका अनुसार समितिकै पहलमा जनकपुरधाममा भारतको प्रसिद्व एम्स अस्पतालको शाखा ल्याउन ति जग्गाहरुको सर्भे र अनुगमणको समेत प्रयास र पहल भइरहेको छ । साथै मन्दिर अगाडिको खाली जग्गालाई पार्कको रुपमा सौन्दर्यकरण गर्दै मिल्स एरिया देखि बेंगा तर्फ जाने रेल्वे पटरी पछिको सडक मार्गलाई दुःखनी देवी मार्ग नामांकरण गर्ने समेत अध्यक्ष साहले बताए ।